पाणिनी पर्यटन समाज अर्घाखाँचीले खेतमा रमाउदै मनायो राष्ट्रीय धान दिवस, पाणिनीमा पुग्यो सलह किरा कृषक त्रसित (भिडियो, फोटो)
आषाढ़ १५ गते, २०७७ मा प्रकाशित
डिआरजी सुमन
दुर्गाफाँट, अर्घाखाँची – व्युरो रिपोर्ट (अर्घाखाँचीडट्कम) । पाणिनी पर्यटन समाज अर्घाखाँचीले यसपटक दुर्गाफाँटमा असार १५मनाउनको लागी कृषककै खेतमा पुगेको छ । यसै रोपाईको रौनक़ विच सलह किराको प्रवेश पाणिनी गाँउ पालिकामा गरेकोले कृषकचिन्तित भएका छन । यस पटक प्रशस्त मात्रामा पानी भएका कारण पानिकै अभावमा रोपाई रोकिएको भने छैन ।
असारको पहिलो हप्ता परेको अविरल वर्षाको कारण गएको वाढीका कारण पाणिनीका दुर्गाफाट सहितका केही खेतमा रोपाई हुनसकेको छैन भने अन्य स्थानमा रोपाई सुरु भएको छ ।
कृषकको रोपाई चलिरहेको समयमा पाणिनीमा आकस्मिक रुपमा सलह किरा पुगेको छ । पाणिनी गाँउ पालिका भर एकाएक ठुलोहुलमा पुगेको सलह किरा कै कारण कृषक चिन्तित भएका छन ।
पाणिनीमा समाजसेवा देखी विविध विकासको कार्यमा जुटेको पाणिनी पर्यटन समाज अर्घाखाचीले यस पटक असार १५ कृषकको साथदुर्गाफाटमा वनाएको छ । राष्ट्रीय धान दिवसको अवसर पारेर समाजका अध्यक्ष झविन सुनाम र उपादक्ष्य धुर्व घिमिरेले असीर १५ कोअवसरमा सुभ कामना समेत व्याक्त गरेका छन ।