अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कको काखमा रहेको टुडिखेल मैदानको स्तरउन्नति हुने भएको छ।
जिल्लामा हुने हरेक खेलकुद प्रतियोगिता तथा जिल्लामा अधिकांश कार्यक्रम हुने एक मात्र मैदान टुडिखेल मैदानको संरक्षण तर्फ त्यति चासो नहुदा मैदान ओझेलमा परेको बेला राष्ट्रिय खेलकुद परिषद, सन्धिखर्क नगरपालिका र जिल्ला खेलकुद विकास समिति अर्घाखाँची मार्फत मैदानको स्तरउन्नति हुने भएको हो।
यो संगै टुँडिखेल वरिपरि तारवार, नालि निर्माण, लगाएतका खेलमैदान भित्रका विविध कामहरू हुनेछन्।
अर्घाखाँची प्रीमियर लिग, अर्घाखाँची क्रीकेट एकेडेमी कप, यु१६ तथा एसइइ कप, वडा स्तरीय उपमेयर कप लगाएतका जिल्लामा हुने सबै क्रीकेट प्रतियोगिता संगै जिल्ला खेलकुद विकास समितिले गर्ने अन्य खेलकुद प्रतियोगिता र कार्यक्रम पनि टुडिखेलमै हुने गर्छन् त्यसैले पनि टुडिखेलको स्तर उन्नति अति आवश्यक थियो।
यसैगरि आउदा दिनहरूमा याे मैदानलाई राष्ट्रिय स्तरकाे खेलमैदान वनाउन सन्धिखर्क नगरपालिका , राष्ट्रिय खेलकुल परिषद् , प्रदेश सरकार, जिल्ला खेलकुद विकास समिति लगाएत सबैकाे साथमा सफल हुने जिल्लावासि खेलप्रेमि र खेलाडिहरूकाे अासा रहेकाे छ।