सन्धिखर्क नगरपालिकाका उपप्रमुख विक कोरोनालाई जितेर पुनः काममा फर्के

२०७७ आषाढ १४, आइतवार मा प्रकाशित
श्याम घिमिरे
अर्घाखाँची, सन्धिखर्क   । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर कुमार विक किशोरले कोरोना भाईरसलाई जितेर पुनःजनताको काममा फर्किनुभएको छ । दोस्रो पटक पिसिआर रिपोर्ट नेगेटिभ आएपछि पूर्ण रुपमा स्वस्थ्य भई सोमबार देखी कार्यकक्षबाटै नगरवासीको काम गर्न थाल्नुभएको हो । पिसिआर रिपोर्ट पोजिटिभ आएपछि गत जेठ २६ गते देखि घरमै आइशोलेसनमा बस्नुभएका विकको असार १४ गते दोस्रो पिसिआर रिपोर्ट पनि नेगेटिभ आएपछि सोमबारबाट जनताको काममा लाग्नुभएको हो । बिकले होम आइशोलेसनमा रहदा आयुर्वेदिक र स्थानिय जडिबुटी लगायतका औषधिहरु सेबन गरेको बताउनुभयो ।
कोरोना पोजिटिभ देखिएपछि सुरुमा तनाव भएपनि कोरोनालाई जित्नुपर्छ भन्ने आत्मबिश्वास रहेका कारण आफुले कोरोनालाई परास्त गरेको उहँको भनाई छ । थकान महसुस हुने , छातिमा असहजता पैदाहुने, सास फेर्न गाह्रो हुने, सुख्खा खोकी लाग्ने ,शरीर कमजोरी हुने, हल्का ज्वरो आउने लगायतका लक्षणहरु देखा परेका बिकले बताउनु भयो । उहाँले कोरोना लाग्यो भनरे आत्तिहाल्नु नपर्ने बिश्वास समेत व्यक्त गर्नुभयो ।
बिकलाई कोरोना भाईरसका कारण भारत लगायतका बिभिन्न ठाउँबाट नगरबासीहरु घरफर्कन थालेपछि क्वरेन्टीनको निर्माण र व्यवस्थापन संगै अन्य जिल्लाबासीलाई समेत सहयोग गर्न खटिने शिलसिलामा कोरोना संक्रमत देखा परेको हो । जनताका प्रिय जनप्रतिनिधि स्वस्थ्य भएर काममा फर्किएपछि सबैमा खुसीयाली छाएको छ । उपप्रमुख बिकले कोरोनाको पोजेटिभ देखिएको १० दिनमै कोरोना भाइरसलाइ जित्नुभएको थियो । उहाँलाइ कोरोना लागे पछिको पहिलो पटकको पिसीआर परिक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो । त्यसपछि एक पटक पुनः पिसीआर परिक्षण गर्नु पर्ने चिकित्सकहरुको सुझाब पछि असार ९ गते स्वाब संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । उक्त परीक्षणको रिपोर्ट आषाढ १४ गते आएको हो । सो परीक्षणमा पनि रिपोर्ट नेगेटिभ आएपछि बिकले कोरोनालाई पुर्णरुपमा जित्नु भएको छ ।
उच्च मनोबल संगै जडिबुटि र योग गरे
संक्रमित भएर होम आईसोलेशनमा बसेपछि कोरोनालाई जित्छु भनेर मनोबललाई उच्च बनाएको बिकको भनाई छ । आफुले जिल्ला आयुर्वेद कार्यालय अर्घाखाँचीबाट उपलब्ध जडिबुटी खाएर कोरोनालाई परास्त गरेको उहाँ बताउनुहुन्छ । खासगरी अश्वगन्धा चुर्ण, यष्ट्रीमधु चुर्ण, सिदोपलादी, गिलोए, तुलसी चिया र च्यावनप्रयास लगायतका आयुर्वेदिक औषधी प्रयोग गरेको बिकले बताउनुभयो । यस्तै आईसोलेहनमा रहदा आफुले दैनिकरुपमा योग गर्नुको साथै स्थानिय रुपमा पाइने ज्वानो, बेसार, चिनीलहरो,अदुवा, सुराले, बेलौतिका पात, पुलसीका पात, टिमुर, मरिच, लसुन, मह लगायत स्थानिय जडीबुटि खाएर कोरोनाबाट मुक्त भएको बिकको भनाई रहेको छ ।
बिकले कोरोना भनेको रुघाखोकी जस्तै भएकोले संक्रमित भएमा जडिबुटीलेनै निको पार्ने बिश्वास व्यक्त गर्नुभयो ।
समाजमा कोरोनाको धेरै सन्त्रास फैलिएको भन्दै सर्तकता अपनाउन सकेमा कोरोनाबाट सजिलै बच्न सकिने उहाँको तर्क समेत रहेको छ । संक्रमित भएमा मनोवल उच्च बनाउनुको अलवा जित्ने प्रण गर्नुपर्छ । हालसम्म कोरोना भाईरसको कुनै औषधि नबनेको कारण बिश्वभर धेरै व्यक्तिले ज्यान गुमाए पनि नेपालमा मृत्युदर कम रहेकोले यसबाट बच्न सामाजिक दुरी कायम गर्नुको अलवा बारम्बार सेनिटाइजर वा साबुनपानीले मिचिमिचि हात धुने,बाहीर निस्कनुपरेमा माक्स लगाउने र सत्रकता अपनाउन सकेमा कोरोनाबाट सजिलै बच्न सकिने बिकको सुझाबपनि रहेको छ ।
यसैबिच उपप्रमुख बिकले आफु कोरोनाबाट संक्रमित भएपछि आफ्नोे स्वास्थ्य अवस्थाको बारेमा चासो व्यक्तगर्ने ,आवश्यक उपचारको प्रबन्ध मिलाउने , आत्मविश्वास पैदागर्न प्रेरणा प्रदान गर्ने एवं बिभिन्न माध्यमबाट स्वास्थ्य लाभको कामना गर्ने सबैलाई हृदय देखि हार्दिक आभार तथा कृतज्ञाता समेत प्रकट गर्नुभएको छ ।

अन्य समाचारहरु