सन्धिखर्क नगरपालीकाले दलका पत्रकारहरुसँग भेटघाट गरी बार्षिक बजेट बिवरण जानकारी गरायो

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क,  अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीकाले आर्थिक वर्ष २०७७-७८ को बार्षिक बजेट बिवरण जानकारी गराउन राजनीतिक दलका पत्रकारहरु तथा आफ्ना पक्षमा समाचार बनाउनेसँग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
सन्धिखर्क नगरपालीकाले आर्थिक वर्ष २०७७-७८ को बार्षिक बजेट बिवरण जानकारी गराउन अर्घाखाँचीडट्कम बाहेकका राजनीतिक दलका पत्रकारहरु तथा आफ्ना पक्षमा समाचार बनाउनेसँग भेटघाट कार्यक्रम सम्पन्न गरेको हो ।
 
कोरोना भाईरस रोकथाम र नियन्त्रणमा असफल देखिएका सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसालले आफ्ना पक्षका पत्रकारहरुलाई नगरवासीहरुको हितमा मात्रै नगरपालिकाले काम गर्ने बताएका थिए । यस्तै प्रमुख भुसालले कृषि, स्वास्थ्य, शिक्षालाई मुख्य प्राथमिकता दिएर काम गर्ने बताए ।
कोरोना भाईरस कोभिड १९ ले आतंकित बनाईरहेको बेला यसबाट प्रत्यक्ष प्रभावित भएका गरिव तथा विपन्न परिवारका सदस्यहरुलाई नगरले गर्न सक्ने सहयोग गर्ने बताए । कोरोना कारण वैदेशिक रोजगार गुमाएका तथा घर फर्केका व्यक्तिहरुलाई कृषि, पशुपालन र लघु उद्यमको माध्यमबाट स्वरोजगार श्रृजना गर्ने बताए । उनले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि उपचारात्मक कार्य गर्ने र पालिकाहरुको सहकार्यमा पिसिआर जाँच प्रयोगशाला चाँडै नै स्थापना गर्ने दावी गरे ।
 
यस्तै नगरभित्रका सम्पुर्ण वार्डहरुमा आधारभुत स्वास्थ्य सेवा पु¥याउने, सन्धिखर्क बजारमा व्यवस्थित र सुविधा सम्पन्न हाट बजार निर्माण गर्ने, खेतीयोग्य जमीन बाँझो राख्न निरुत्साहित गर्ने, नगरभित्रका ठुला पुर्वाधार निर्माणमा जोड दिने लगायतका कुरामा नगरपालिकाले उल्लेख गरेको छ । 
यस्तै सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिकले आर्थिक वर्ष २०७७/०७८ को बजेट वक्तव्य प्रस्तुत गरेका थिए । सबै नगरवासिहरुको रहर, समृद्ध सन्धिखर्क नगर भन्ने मुल नारालाई साकार पार्न यहि असार ९ गते आगामी आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको थियो । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८७ करोड ४९ लाख बरावरको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
राजनीतिक दलका पत्रकारको भेटघाट/ सम्मेलन नगर प्रमुख कमल प्रसाद भुसालको अध्यक्षता र प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीको संचालनमा सम्पन्न भएको थियो ।
उता सन्धिखर्क नगरपालीकाले कांग्रेस, मसाल, नेकपा लगायतका राजनीतिक दलका पत्रकारलाई मात्र निमन्त्रण गरेको थियो । अर्घाखाँचीमा जिल्ला वा राष्ट्रिय मिडियामा काम गर्ने शत प्रतिशत संचारकर्मी राजनीतिकमा सकृय छन् ।  जिल्लामा सरकारी कार्यालयदेखि संघ-संस्थाले राजनीतिक दलका पत्रकारलाई मात्र निमन्त्रण गर्छन् ।
तर उक्त कार्यक्रममा अर्घाखाँचीडट्कमका प्रतिनिधिहरुलाई भने निमन्त्रण गरिएको थिएन् । जिल्लामा हुने कार्यक्रममा राजनीतिक दलका पत्रकारलाई मात्र निमन्त्रण गर्ने प्ररम्परा छ । तर जिल्लाको एकमात्र प्रमुख मिडिया डट्कमलाई निमन्त्रण गरेको देखिदैन । 

अन्य समाचारहरु