खाँचीकोटका भुसालद्धारा विपन्न घरपरिवारलाई राहत तथा मैदान, डिहिडाँडा क्वारेन्टाइनलाई आर्थिक सहयोग

अर्घाखाँचीडट्कम संवाददाता
खाँचीकोट, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटका एक युवाले  लकडाउनको समयमा दैनिक छाट टार्न समस्यामा परेका यहाँका विपन्न घरपरिवारलाई राहत वितरण गरेका छन् । 
खाँचीकोटका दीपक भुसालले लकडाउनको समयमा दैनिक छाट टार्न समस्यामा परेका यहाँका १६ विपन्न घरपरिवालाई ७० हजार रुपैया बराबरको राहत वितरण गरेका हुन् । 
अमेरिकाको क्यालिफोर्नियामा बस्ने भुसालले खाँचीकोटका १६ विपन्न घरपरिवारलाई स्थानिय झलकुमारी अधिकारी मार्फत प्रति परिवार ५० किलो चामल, २ लिटर स्वयाविन तेल, २ किलो दाल, १ पाकेट नुन वितरण गरेका छन् । 
यस्तै भुसालले खाँचीकोटको आदर्श माबि मैदान क्वारेन्टाइन र चन्द्र प्रभा माबि डिहिडाँडा क्वारेन्टाइनलाई १० हजारका दरले आर्थिक सहयोग गरेका छन् । 
साथै भुसालले कोरोनाका कारण मृत्‍यु भएका भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुराको चरेपानीका कृष्ण बहादुर गैरेको परिवारलाई २१ हजार रुपैया आर्थिक सहयोग गरेका छन् । ३४ वर्षिय गैरेको गुजरातबाट बसमा आउदै गर्दा जेठ १० गते बाटैमा भारतको लखनउमा मृत्यु भएको थियो । तर स्वाव कृष्णनगरबाट लिई जेठ १५ गते विहीवार कोरोना पिसीआर जाँच रिपोर्ट पोजेटिभ आएको थियो । गैरेको निधनले परिवारमा बिचल्ली परेको थियो । 
खाँचीकोटका दीपक भुसालले यहाँका दुखी, विपन्न घरपरिवारलाई नियमित सहयोग गर्दै आएका छन् । 

अन्य समाचारहरु