सन्धिखर्कमा बाख्रा जाेन सन्चालक समिति गठनकाे लागि छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न

हिम बहादुर जिसी लेकाली 
सन्धिखर्क, अर्घाखाँची असार १७ ।  प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजना ,परियाेजना कार्यान्वयन ईकाई बाख्रा जाेनकाे आयाेजनामा सन्धिखर्कमा बाख्रा जाेन सन्चालक समिति गठनकाे लागि छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्वर शर्माले मन्तव्य राख्दै खास कृषकले काम पाउनु पर्ने र नेतृत्व हाक्नु पर्ने बताउदै सम्बन्धित निकायले कृषकले उत्पादन गरेका सामग्रीले बजार नपाय उनिहरूकाे लागत डुब्न नदिई सामान लिई दिने ब्यबस्था भएमा किसान सधै उत्साहित भएर काममा लाग्ने बताउनु भयाे ।
जाेन प्रमुख बुद्धिराम भट्टराईकाे अध्यक्षता सम्पन्न कार्यक्रममा नेकपाका नेता राजेन्द्र भुसाल ,नेपाली कांग्रेस सभापति बिष्णु मुस्कान ,राजमाेका पुस्करनाथ बन्जाडे , कृषि ज्ञान केन्द्रका प्रमुख देवेश कुमार मिश्र , कृषक समुहकाे त्रफ बाट गाेपाल बस्याल ,पत्रकार महांघका हिम लेकालि ले कृषि जाेनले गरेका कामकाे प्रशंसा गर्दै भावि दिनमा अझ राम्रो काम गर्न सुझाव समेत दिनु भएकाे थियाे ।
सर्ब सम्मत बाट बैठकले निर्णय गरे अनुसार सनपा ९ का राम बहादुर रायमाझी संयाेजक ,सीत गंगा नगरपालिका १ का खिम बहादुर अधिकारी उप संयाेजक भूमिकास्थान ६ का हरि प्रसाद पाैडेल सचिव , सितगंगा नगरपालिका ५ कि बसन्ता जि सि .सह सचिव र सदस्यहरूमा सनपा ११ का गाेपाल बस्याल ,सितगंगा ४ का केशव पाण्डे ,मालारानि ५ श्रृजना भुसाल ,भुमिकास्थान १० कि पबित्रा अधिकारी र भूमिकास्थान १ का मेघ राज खनाल रहनु भएकाे छ ।
उक्त कार्यक्रमकाे सन्चालन कृषि अधिकृत थिर लाल गैरेले गर्नु भएकाे थियाे ,निर्वाचित समिति लाई प्रमुख अतिथिले प्रमाण पत्र प्रदान गर्नु भएको थियाे ।
जिल्लामा बाख्रा जाेन शीत गंगा नगरपालिकाका २ र ३ वार्ड बाहेक सबै वाड् मा ,भूमिकास्थानका सबै बार्ड ,मालारानी ५ र सन्धिखर्क नगरपालिकामा ९ र ११ वार्ड मा कार्यरत छ ।

अन्य समाचारहरु