अर्घाखाँचीडट्कम संवाददाता
चाक्ला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको उपभोत्ताहित संरक्षण समिति अन्तरगतको बजार अनुगमन समितिले बजार क्षेत्रमा अनुगमनमा कडाई गरेको छ । अहिलेसम्म हितगंगाका मुख्य बजार अमराई ,शितापुर चाक्ला भेडामारा क्षेत्रमा अनुगमन गरिएको छ । आज चाक्ला र भेडामारा क्षेत्रमा बजार अनुगमन गरिएको छ ।
बजार क्षेत्रमा सञ्चालित बिभिन्न पसलहरुको अनुगमन गर्दै नियम अनुसार दर्ता भए नभएको ,कर चुक्ता भए नभएको ,मुल्य सुची भए नभएको ,दर्ता भए बमोजिमको सामान बिक्री गरे नगरेको लगायत शितगंगा नगरपालिकाको बजार अनुगमन सम्बन्धी ब्यवस्था अनुसार अनुगमन गरिएको छ ।
समितिका सयोंजक नगेन्द्र प्रसाद नेपालको संयोजकत्वमा गएको अनुगमन टोलीले त्यहाका औषधी पसल,होटल, तथा किराना , फेन्सी तथा हाडवेयरपसलहरुको अनुगमन गरेको हो । अनुगमनको क्रममा म्याद सकिएका चाउचाउ, कस्मेटिक सामाग्री, बेसार,मसला लगायतका सामाग्री समेत बरामद गरेको छ ।
अनुगमन टोलीले सम्पुर्ण पसलहरु लाई सचेत समेत बनाएको छ । पसलमा १५ दिन पछि पुन अनुगमन जाँदा सुधार गर्नु पर्ने बिभिन्न कमजोरी लाई लिखित रुपमै दिएर सुधार गर्ने समय समेत दिएको अनसगमन टोलीका संयोजक नेपालले जानकारी दिनु भयो ।एकै पसलमा दर्ता गरे भन्दा फरक फरक सामाग्री बिक्री गरेको पाइएकोमा त्यस्तो नगर्न सचेत बनाईको छ ।
शितगंगा नगरपालिकामा उपभोत्ताहित संरक्षण समिती बैठकबसी नगरपालिकामा रहेका बिभिन्न बजार क्षेत्रहरुमा महिनाको २ पटक अनुगमन गर्ने निर्णय गरेको थियो । जनताको स्वास्थ सँग प्रत्यक्ष जोडिएको सामाग्रीहरु स्वस्थहुनु पर्ने तथा उपभोत्तामा बिभिन्न स्थानमा पर्ने फरक मुल्य हुँदा मारमा पर्ने गरेकोले पनि अब अनुगमन लाई निरन्तरता दिने उपभोत्ताहित संरक्षण समिति तथा अनुगमन समितिका संयोजक टिका रेस्मिले जानकारी दिनु भयो ।
शितगंगा नगरपालिकाले नगरपालिकाको बजार अनुगमन निर्देशिका २०७४ बमोजिम रहेको बजार अनुगमन समितिले निर्देशिकाले तोकेबमोजिम बजार अनुगमन गरिएको हो ।