बजेट अधिवेशन स्थगित

विहीबार बसेको मन्त्रिपरिषदको बैठकले बजेट अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको मन्त्रिपरिषदको बैठकले बजेट अधिवेश स्थगित गर्ने निर्णय गरेको हो।
बैठक अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितल निवास पुगेर भेट्नुभएको थियो ।
विहीबार बेलुका पाँच बजेदेखि लागु हुने गरी संसदको चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । इमेजखबरमा समाचार छ ।