मालारानीको खन-गुफामा हेलिप्याड निर्माण गरिने

खन
नबिन के.सी
खन, अर्घाखाँची ।  अर्घाखाँचीको मालारानी गाउँपालिका वार्ड नं ४ खनको गुफा भन्ने स्थानमा हेलिप्याड निर्माण गरिने भएको छ । 
मालारानी गाउँपालिका वार्ड नं ३ , ४ र ५ लाई पाएक पर्ने गरि स्थान छनौट गरिएको पालिकाका अध्यक्ष बालकृष्ण आचार्यले बताउनु भयो । 
गृह मन्त्रालयले बिपतको बेला उद्धार गर्नको लागी सहज होस भनेर जिल्लाका सबै स्थानीय तहमा हेलिप्याड निर्माण गर्ने योजनाअनुसार यस आर्थिक बर्षमा तीन स्थानमा हेलिप्याड निर्माण गरिने प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले बताउनु भयो । आज जिल्ला सुरक्षा समिती सहित पालिका उपाध्यक्ष प्रमिलाक्षेत्रीले स्थलगत अबलोकन गरि स्थान तय गरेको छ । 
यसै बिच प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले मालारानी गाउँपालिकाले सञ्चालन गरेको आईशोलेसन कक्षमा पुगी कोरोना संक्रमित व्याक्तिहरु संग अन्तर संवाद गर्नु भएको छ । 
आईशोलेसनमा बसेकाहरुले पालिकाले गरेको व्यबस्थापन आफुहरुलाई चित बुझदो भएकोदास्रो पिसीआर परिक्षण छिटो गर्ने व्यबस्था मिलाउन आग्रह गरेका थिए । सिमित स्रोत साधनका बिचमा सक्दो व्यस्थापन गर्न मालारानी गाउँपालिका निरन्तर लाग्ने प्रतिबद्धता जनाउनु भइको थियो ।