अर्घाखाँचीडट्कम संवाददाता
भालुखोला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सलह किराले अर्घाखाँची जिल्लाको खाँचीकोटको डिहिडाँडा, प्रगतिनगर भालुखोला, किटनी, गच्छेखोला बटुवा खेत, फुदवाङमा मकै, तरकारी खेतीमा क्षति गरेको छ ।
सलह किराले खाँचीकोटको डिहिडाँडा, प्रगतिनगर भालुखोला, किटनी, गच्छेखोला बटुवा खेत, फुदवादमा खेतमा लगाएका धान ब्याड, मकै, तरकारी खेतीमा क्षति गरेको हो ।
स्थानीय आगोको धुवा, टिन, जस्तापाता तथा थाल ठटाएर मकैबारीमा हिँडीरहेका छन् । धपाएर पनि साध्य नलाग्ने भन्दै यहाँका किसान चिन्तित भएका छन् ।
आइतबार अर्घाखाँचीमा भित्रिएको सलह किराले सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, छत्रदेव गाउँपालिका, मालारानी गाउँपालिका पाणिनी गाउँपालिकामा मकै, तरकारी खेती सखाप पारेको छ ।