छत्रगन्जमा रेडक्रस सोसाइटी उपशाखाको दुईदिने प्राथमिक स्वास्थ्य तालिम सम्पन्न

२०७७ आषाढ २०, शनिवार मा प्रकाशित

दिपेन्द्र श्रेष्ठ छत्रदेव 
छत्रगन्ज, अर्घाखाँची २० असार शनिबार  – नेपाल रेडक्रस सोसाइटी छत्रगन्ज उपशाखाको आयोजनामा दुइ दिने प्राथमिक स्वास्थ्य तालिम  सम्पन्न भएको छ ।
छत्रदेव गाउँपालिका मुख्यमन्त्री ग्रामिण बिकाश कार्यक्रमको आर्थिक सहयोगमा आयोजित नेपाल रेडक्रस सोसाइटी  छत्रगंज उपशाखाको २ दिने प्राथमिक स्वास्थ्य तालिम शुक्रबार शुरु भइ शनिबार  छत्रदेव गाउपालिका को बहुउद्देश्यीय सभाहलमा सामाजिक दुरीका साथ् सपन्न भएको हो । 
 
तालिममा सहजिकर्ता प्रमुख प्रशिक्षक नेपाल रेडक्रस सोसाइटी गुल्मीका उपसभापति कृष्ण भण्डारीले प्राथमिक उपचार सेवा ,कोरोना भाइरस को महामारी का बेला स्वास्थ्य रहने उपाय ,महामारी बिपदका बेला मनोसामाजिक सहयोग लगायतका बिषयहरुमा सन्दर्भ सामाग्री का साथ रोचक ढंगबाट प्रकाश पार्नुभएको थियो भने नेपाल रेडक्रस सोसाइटी अर्घाखाँचीका सभापति कुशल भुसालले समग्र अर्घाखाँचीको परिबेशमा रेडक्रसको जिल्ला प्रतिको  पछिल्लो समयको भूमिका र समयको मूल्याकंन,ब्याबस्थापन बारे प्रशिक्षण दिनुभएको थियो ।
तालिमको सहजीकरण गर्दै छत्रदेव गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत खिमानन्द भुसालले छत्रदेव गाउँपालिकाले संचालन गरेका विपद ब्याबस्थापनका प्रमुख गतिबिधि पालिकामा रेडक्रस  संगको समुन्य र सहकार्य, नैतिकता ,सदाचार ,निष्ठा,पारदर्शीता ,जवाफदेहिता लगायतका बिषयहरुमा प्रशिक्षण दिनुभएको थियो ।
तालिमको समापन कार्यक्रमलाइ सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा छत्रदेव गाउँपालिका का अध्यक्ष लेखनाथ पोख्रेलले आफु सानै देखि नेपाल रेडक्रस सोसाइटीका गतिबिधिबाट  प्रेरित भइ पछिल्लो समयमा आफ्नै ठाउमा चुनाब लडेर जनताको सेवामा समर्पित भएको र छत्रदेव गाउँपालिका का हरेक बिपद र महामारीको परिस्थितिमा रेडक्रसले पालिकासंग गरेका सहकार्य प्रति सिंगो गाउपालिका नै प्रसन्न रहेको कुरा ब्याक्त गर्नुभयो ।
तालिमको अन्त्यमा सबै सहभागी प्रशिक्षार्थीहरुलाई प्राथमिक उपचारमा प्रयोग हुने सामाग्री सहिताको टुल्स,अबिर, प्रमाणपत्र र प्रशिक्षकहरुलाई मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो ।
दुइदिने तालिमको समापन गर्दै कार्यक्रम तथा नेपाल रेडक्रस सोसाइटी छत्रगन्ज उपशाखाका सभापति कैलाश कुमार श्रेष्ठले तालिम संचालन गर्न सहयोग पुर्याउने छत्रदेव गाउपालिका प्रति बिशेष आभार प्रकट गर्दै आगामी दिनहरुमा समेत पालिकामा भैपरिआउने हरेक विपद महामारी ब्याबस्थापनमा नेपाल रेडक्रस सोसाइटी छत्रगन्ज उपशाखा तथा जिल्ला शाखा सहकार्यका लागि तत्पर रहेको बताउनुभयो साथै तालिममा सिकेका कुरा सबै प्रशिक्षार्थीहरुले आफ्नो गाउँ समुदायमा पुगी ब्याबहारमा समेत उतार्नु पर्नेमा जोड दिनुभयो।

अन्य समाचारहरु