भूमिकास्थान नगरपालिकामा युएन ह्याभिट्याट र प्रागद्वारा हात धुने ठाउँको निर्माण तथा स्वास्थ्य समाग्री बितरण

अर्घाखाँचीडट्कम संवाददाता 
नुवाकोट, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा हात धुने ठाउँको निर्माणका साथै स्वास्थ्य समाग्री बितरण गरिएको छ । 
 युएन ह्याभिट्याट र प्रकाश सचेतन समूह (प्राग ) सहयोगमा भूमिकास्थान नगरपालिकामा हात धुने ठाउँ ( हातले धारा र साबुनको बट्टा छुन नपर्ने खुट्टाको सहायताले प्रयोग गर्न मिल्ने) गरि हात धुने ठाउँको निर्माण साथै स्वास्थ्य समाग्री बितरण गरिएको हो ।
पालिकाबासी बढी आवतजावत गर्ने स्थान, बढी सेवाग्राही आउने प्राथमिक उपचार केन्द्र वा स्वास्थ्य चौकी , नगरपालिकाको कार्यालय परिसर आदीमा निर्माण गर्ने योजना रहेको (प्राग) अर्घाखाँचीका प्रमुख कार्यकारी निर्देशक प्रेमनारायण गैरेले जानकारी दिनुभयो ।
कोरोनाबाट बच्नका लागि साबुनपानीने हात धुनु लाई उपयुक्त र महत्त्वपूर्ण उपाय मानिएका बेला यस्तो प्रकारको निर्माणले जोखिम नहुने गरि हात धुन मिल्ने हुदा महत्त्वपूर्ण मानीएको छ ।
अर्घाखाँची जिल्लामा युएन ह्याभिट्याटको आर्थिक सहयोग र प्राग अर्घाखाँचीको ब्यबस्थापन तथा सहजीकरणमा सरसफाइ तथा स्वच्छता प्रबर्द्धन कार्यक्रम सन्चालन भैरहेको छ ।

अन्य समाचारहरु