सन्धिखर्कमा सुपादेउराली एग्रिकल्चर रिसर्च एण्ड सिड प्रा.लि.काे उद्घाटन

हिम बहादुर लेकाली 
सन्धिखर्क, अर्घाखाँची २१ असार ०७७ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ टुडीखेल मञ्च लाईनमा सुपा देउराली एग्रिकल्चर रिसर्च एण्ड सिड प्रा. ली.काे उद्घाटन गरिएकाे छ ।
सन्धिखर्क नगरपालिका वडा नं.१ का वडा अध्यक्ष युवराज बन्जाडे ले प्रा.ली काे उद्घाटन गर्दै कृषि क्षेत्रकाे सम्बृधिकाे लागि संस्था काे स्थापना महत्त्वपूर्ण भएकाे बताउनु भयाे । उहाँले संस्थाले कृषि सामग्री काे बिक्री मात्र नभए र किसान लाई प्राबिधिक सीप र ज्ञान दियर आयआर्जन मा समेत टेवा पुर्याउन सकाेस् भन्दै सुभेच्छा प्रकट गर्नु भयाे ।
यस प्रा.ली .बाट किसानकाे लागि आवश्यक पर्ने कृषि सामाग्री ,किटनाशक राेग नाशक औषधी ,गाई भैसिकाे दाना ,बीउपल ,पशु भिटामिन प्राप्त हुने प्रा लि का प्रबन्धक , नयाँ नेपाल एग्राे भेट का प्राेपाईटर युवराज पाैडेलले बताउनु भयाे । साथै अागामि दिनमा प्रा.लि .ले प्रजनन बीउ ,मुल बीउ ,हाईब्रेड बीउ उत्पादनमा समेत काम गर्ने बताउनु भयाे । उहाँले किसानकाे माग भएमा गाई भैंसी काे दाना समेत घर घरमा पुर्याइ दिने प्रतिबद्धता ब्यक्त गर्नु भयाे।
कम्पनीका सचिव अर्घाखाँचीका उत्कृष्ट किसान गणेश बन्जाडेले जिल्लामा उत्पादित अन्न बाली र तरकारि का बिउपल कृषक बाट खरिदि जिल्लाका हरेक किसानलाई बिक्री बितरण गरेकाे बताउनु भयाे ।उहाँले आगामि दिनमा कम्पनीकाे विकास का लागि सबै बाट साथ सहयाेगकाे अपेक्षा राखेकाे बताउनु भयाे ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र का महेन्द्र कुमार ओझा ,बरिष्ट कृषक पुष्कर बन्जाडे , कम्पनिका ब्यबस्थापक भूपनारायण चुदाँली , समाजसेवी नारायण बि.सि, पत्रकार महासंघ प्रदेश सदस्य साेभाखर पन्थी ,पत्रकार अनिल नेपाली लगायतकाे उपस्थिती रहेकाे थियाे ।

अन्य समाचारहरु