अशोक खनाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले आफ्नो पालिकाका विभिन्न वार्डमा बिनियोजित बिकास निर्माणका कार्यहरुको अनुगमन गरिएको छ।
पालिकाका वार्ड न.३,४ र ५ केही नयाँ तथा पुराना स्तर उन्नति गरिएको योजना रहेका थिए जस मध्ये वार्ड न. ३ मा पर्ने सहिद सरलामार्ग मा केही नयाँ ट्र्याक , औंलाखोलामा कल्भड राख्ने कार्य अन्तिम चरणमा पुर्याउनु का साथै सोही बाटो मा नाली ब्याबस्थापन तथा ग्राबेलिङ गरिएको छ।सोही वडाको बराहानेटा देखि ढोरपाटन जोड्ने राजनमार्ग सडको स्तरउन्नति गरिएको छ ।
बहुबर्सेिय योजना अन्तरगत वडा कार्यलय तथा नगर क्लिनिक भबन निर्माण को कार्य भइ रहेको छ। त्यसै गरि साम्सद बिकाश कोष बाट बिनियोजित पालिका कै वार्ड न ५ मा पर्ने मालिका मन्दिर मा निर्माणाधिन संतलपौवा तथा पालिकाबाट बिनियोजित मौलिपोखरा मा निर्माणधिन पोखरी समेतको अनुगमन गर्नुका साथै वार्ड न. ४ को वडा कार्यलय भबनको निम्ति केही जग्गा हरुको समेत अबलोकन गरिएको थियो ।
नगर उपप्रमुख ठाकुर कुमार बिक. को नेतृत्व मा गरिएको अनुगमन टोलीमा शाखा अधिकृत मन्जु खनाल, इन्जिनियर प्रमोद केसि. सबइन्जिनियर सुमित गौतम सबइन्जिनियर प्रेम खनाल लगायतको टोली रहेको थियो ।