धुर्व आचार्य / अर्घाखाँचीडट्कम संवाददाता
हरियाणा, भारत । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको किटेनी ठुलापाटाका पदमबहादुर थापाको भारतको हरियाणामा बाटोमा हिड्दै गर्दा बिहोस भएर निधन भएको छ ।
खाँचीकोटको किटेनी ठुलापाटाका नन्द बहादुर थापाका ४८ वर्षिय पदमबहादुर थापाको भारतको हरियाणा स्थित हिसारमा बाटोमा हिड्दा हिड्दै बिहोस भई अस्पताल लैजादै गर्दा बाटोमै निधन भएको हो ।
पछिल्लो पटक १ बर्ष पहिले गएका थापा यहि असार १९ गते हरियाणा स्थित हिसारमा बाटोमा हिड्दा हिड्दै बिहोस भएका थिए । तत्काल नेपालीहरुको सहयोगले अस्पताल लैजादै गर्दा बाटोमै निधन भएको थियो । उनले अत्याधिक मात्रामा सेवन गर्दै हिडिरहेको अवस्था एक्कासी बाटोमा मुर्छित भई पल्टेका थिए ।
मृतकको शव अस्पातलमा पोस्टमार्टम गरी नेपालबासीले हिन्दु परम्परा अनुसार दाहसंस्कार गरेका थिए । निजको आर्थिक स्थिति कमजोर हुनाको कारण शवलाई घर अर्थात अर्घाखाँची ल्याउन सम्भावना नदेखिएकोले हरियाणामा दाहसंस्कार गरिएको बताइएको छ ।
थापाका श्रीमती र २ छोरा रहेका छन् ।