चिदिकाबासी युबा अभियन्ताहरुले ‘म खान्छु मैले उत्पादन गरेको तरकारी र खाद्यान्न’ अभियान चलाउने

हरि कुँवर
चिदिका, अर्घाखाँची । अर्घाखाँची जिल्लाको चिदिकाबासी युबा अभियन्ताहरुले  ‘म खान्छु मैले उत्पादन गरेको तरकारी र खाद्यान्न’ अभियान चलाउने योजना  बनाएका छन । आगामी दिनमा यस्तो  कार्यक्रममा यो अभियानलाई प्राथमिताका साथ सञ्चालन गर्ने उल्लेख गरिएको छ । चिदिकाबासिले  बाँझो जमीनमा तरकारी र खाद्यान्न उत्पादनका लागि प्रोत्साहन गर्न यो अभियान चलाउने योजना बनाएको सामाजिक अभियन्ता सुभाष ज्ञवालिले जनाउनु  भएको छ।
कृषि तथा पशु विकासका लागि एकीकृत सेवा केन्द्रमार्फत कृषकलाई सेवा दिने, निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायीकरण गरी गाउ लाई तरकारी, खाद्यान्न, दुग्ध र मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउने, वडाभित्र तरकारी, फलफूल तथा नगदेबाली उत्पादनको पकेट क्षेत्र निर्धारण गरी विशेष कार्यक्रम सञ्चालन गर्नेसहितका योजना बनाइएको  अभियन्ता ज्ञवालीले  बताउनुभयो ।
वडावासीको खाद्य सुरक्षालाई प्रत्याभूत गरी अभियन्ता हरुले अघि सारेको ‘कोही भोकै पर्दैनन्, भोकले कोही मर्दैनन्’ भन्ने अभियानलाई सार्थक तुल्याउनका लागि मुख्य खाद्यवस्तुको उत्पादनमा वृद्धि गर्न किसानलाई बीउबिजन, मलखाद आदि सहजरूपमा उपलब्ध गराउने व्यवस्था मिलाउने, वडाका मुख्य बजारमा कृषि उपज सङ्कलन केन्द्र निर्माण गरी स्तरवृद्धि गर्ने,वडाभित्र रहेका बाँझो तथा सार्वजनिक जग्गाको तथ्याङ्क सङ्कलन गरी उक्त जग्गामा कृषि सहकारीमार्फत सामूहिक कृषिखेती गर्न प्रोत्साहन गर्ने, आधुनिक कृषि प्रविधिको माध्यमबाट नमूना कृषि फार्म र फलफूल तथा तरकारीको नर्सरी स्थापना गर्नेसहितका महत्वकाङ्क्षी योजना युबा व्यावसायिको नीतिमा समेटिएको छ ।
सङ्घीय एवं प्रदेश सरकारसँग आवश्यक समन्वय गरी एक वडा एक कृषि तथा पशु प्राविधिक व्यवस्था गर्ने, कृषि बीमाको दायरालाई विस्तार गर्दै अनुदान लिने लाभग्राही कृषकलाई कृषि बीमा अनिवार्य गर्ने लक्ष्य लिएको छ ।। कोरोनाका कारण स्वदेश तथा विदेशमा रोजगारी गुमाई गाउँ फर्किएका युवालाई प्रोत्साहन गर्दै आवश्यक सीप, तालिम र अनुदानको व्यवस्था गरी कृषि पेशामा संलग्न गराउने नीति लिएको ज्ञवालिले प्रष्ट पार्नुभयो ।सङै  युबाहरुले कृषि, पशु र पर्यटनसहित पूवार्धार विकासका कार्यलाई प्राथमितकामा राखेर बजेट ल्याउनुपर्ने माग राखेका छन । चिदिकाबासि युबा अभियन्ताहरुले  ‘म खान्छु मैले उत्पादन गरेको तरकारी र खाद्यान्न’ अभियान चलाउने योजना  बनाएका छन । आगामी दिनमा यस्तो  कार्यक्रममा यो अभियानलाई प्राथमिताका साथ सञ्चालन गर्ने उल्लेख गरिएको छ । चिदिकाबासिले  बाँझो जमीनमा तरकारी र खाद्यान्न उत्पादनका लागि प्रोत्साहन गर्न यो अभियान चलाउने योजना बनाएको सामाजिक अभियन्ता सुभाष ज्ञवालिले जनाउनु  भएको छ।
कृषि तथा पशु विकासका लागि एकीकृत सेवा केन्द्रमार्फत कृषकलाई सेवा दिने, निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायीकरण गरी गाउ लाई तरकारी, खाद्यान्न, दुग्ध र मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउने, वडाभित्र तरकारी, फलफूल तथा नगदेबाली उत्पादनको पकेट क्षेत्र निर्धारण गरी विशेष कार्यक्रम सञ्चालन गर्नेसहितका योजना बनाइएको  अभियन्ता ज्ञवालीले  बताउनुभयो ।
वडावासीको खाद्य सुरक्षालाई प्रत्याभूत गरी अभियन्ता हरुले अघि सारेको ‘कोही भोकै पर्दैनन्, भोकले कोही मर्दैनन्’ भन्ने अभियानलाई सार्थक तुल्याउनका लागि मुख्य खाद्यवस्तुको उत्पादनमा वृद्धि गर्न किसानलाई बीउबिजन, मलखाद आदि सहजरूपमा उपलब्ध गराउने व्यवस्था मिलाउने, वडाका मुख्य बजारमा कृषि उपज सङ्कलन केन्द्र निर्माण गरी स्तरवृद्धि गर्ने,वडाभित्र रहेका बाँझो तथा सार्वजनिक जग्गाको तथ्याङ्क सङ्कलन गरी उक्त जग्गामा कृषि सहकारीमार्फत सामूहिक कृषिखेती गर्न प्रोत्साहन गर्ने, आधुनिक कृषि प्रविधिको माध्यमबाट नमूना कृषि फार्म र फलफूल तथा तरकारीको नर्सरी स्थापना गर्नेसहितका महत्वकाङ्क्षी योजना युबा व्यावसायिको नीतिमा समेटिएको छ ।
सङ्घीय एवं प्रदेश सरकारसँग आवश्यक समन्वय गरी एक वडा एक कृषि तथा पशु प्राविधिक व्यवस्था गर्ने, कृषि बीमाको दायरालाई विस्तार गर्दै अनुदान लिने लाभग्राही कृषकलाई कृषि बीमा अनिवार्य गर्ने लक्ष्य लिएको छ ।। कोरोनाका कारण स्वदेश तथा विदेशमा रोजगारी गुमाई गाउँ फर्किएका युवालाई प्रोत्साहन गर्दै आवश्यक सीप, तालिम र अनुदानको व्यवस्था गरी कृषि पेशामा संलग्न गराउने नीति लिएको ज्ञवालिले प्रष्ट पार्नुभयो ।सङै  युबाहरुले कृषि, पशु र पर्यटनसहित पूवार्धार विकासका कार्यलाई प्राथमितकामा राखेर बजेट ल्याउनुपर्ने माग राखेका छन ।

अन्य समाचारहरु