अर्घाको धरमपानीमा बिपन्न परिवारलाई खाध्यान्न सामाग्री हस्तान्तरण

अर्घाखाँचीडट्कम संवाददाता
धरमपानी, अर्घाखाँची ।  अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० अर्घाको धरमपानीमा बिपन्न परिवारलाई खाध्यान्न सामाग्री हस्तान्तरण गरिएको छ । 
लामो समय देखि कोबिड १९ बाट बिश्व आक्रान्त भइ रहेको र बिपन्न परिवारको दैनिकी झनपछि झन समस्या बन्दै गहि रहेको भन्दै अर्घाको धरमपानी मिर्लिङकाेट निबासी स्वर्गीय बुबा बासुदेब भुसालकी छोरी हाल अमेरिका निबासी बिष्णु भुसाल अधिकारीले खाध्यान्न सामाग्री वितरण गरेका हुन् । 
अधिकारीले स्वर्गीय बुबाको सामाजिक ब्याक्तित्व भएको स्मरण गर्दै र आफ्नो बाल्यकाल माइतिघरको सम्झनामा आफ्नो माइतिघर आसपासमा रहेका निम्न बर्गिय बिपन्न घर परिबारको पहिचान गर्दै करिब १० घर परिवारलाई आफ्नो भाइ गोबिन्द प्रसाद भुसाल मार्फत खाध्यन्न तथा जिन्सी सामाग्रीहरु स्थानीय वार्डकी महिला जन प्रतिनिधि चमकला भुसालको रोहबरमा करिब ५० हजार बराबरको ३० किलाे चामल, २ किलाे दाल, १ लिटर तेल,१ किलाे नुन र सावुन २ गाेटाका दरले वितरण गरिएको छ । 
राहत हस्तान्तरण कार्यक्रममा स्थानीय समाजसेवी तथा वुद्दिजिवि कृष्ण प्रसाद आचार्य, पत्रकार अशाेक खनाल र स्थानीयहरुकाे समेत उपस्थिति रहेकाे थियाे । बिष्णु भुसाल अधिकारीले यहाँ बिपन्न बर्ग नियमित सहयोग गर्दै आउनु भएको छ ।

अन्य समाचारहरु