सन्धिखर्कका रजक मियाले आफ्नो घरमा बस्नेहरुलाई ४ महिनाको घरभाडा छुट दिने

गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची असार–२५।  अर्घाखाँचीको सन्धिखर्क–१ मन्चलाईन निवासी रजक मियाले आफ्नो २ वटा घरमा बस्नेहरुलाई घरभाडा छुट दिने घोषणा गर्नुभएको छ । 
सामाजिक काममा समेत अग्रसर हुने मियाले आफ्ना सन्धिखर्कको घरमा बस्नेहरुलाई ४ महिना र बुटवलमा रहेको घरमा बस्नेहरुलाई १ महिनाको घरभाडा छुट दिने बताउनु भएको हो ।
“विश्व नै आक्रान्त हुने गरि आइरहेको कोरोना माहामारीका कारण आर्थिक समस्या निम्तिएसङ्गै भाडामा बस्नेहरूलाई राहत स्वरुप घरपरिवारको सल्लाहले हामीले घरभाडा छुट दिने सहमती गरेका हाँै”उहाँका छोरा सलिम मियाले हामीसंग कुराकानी गर्दै भन्नुभयो,“हामीले गरेको यो सानो सहयोगले उहाँहरुलाई राहत मिल्ला भन्ने अपेक्षा लिएका छौं ।
”सन्धिखर्क–१,मन्चलाइन निवासी सामाजिक ब्यक्ति रजक मियाले सन्धिखर्कको ४ महिना र बुटवलको घरमा बस्नेहरुसंग १ महिनाको कोठा भाडा बापतको रकम नलिने हुनुभएको हो ।“कोरोना कहरले सबै क्षेत्र अस्त–व्यस्त भएको अवस्थामा मानवताको धर्म अनुसार मैले सक्ने सहयोग गरेके हुँ”उहाँले अगाडि भन्नुभयो,“आपतमा परेको बेला सबैले सक्दो सहयोग गरेरै सफल हुन सकिन्छ ।
”यता घर भाडामा बस्नेहरुले कोठा भाडा छुट पाएसंगै चुलो बाल्न राहत पुगेको बताएका छन् ।

अन्य समाचारहरु