शितगंगा बचत कोषद्वारा जुकेना क्वारेन्टाइनमा आत्महत्या गरेका बिकका परिबारलाई आर्थिक सहयोग

युबराज पौडेल
जुकेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । शितगंगा बचत कोषले अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको वार्ड न.५ जुकेना क्वारेन्टाइनमा झुन्डिएर आत्महत्या गरेका देब बहादुर बिक परिबारलाई आर्थिक सहयोग गरेको छ । 
शितगंगा कोषले शितगंगा नगरपालिकाको वार्ड न ५ जुकेना गल्दा निबासी बिक परिबारलाई समाज सेवामा लामो समयदेखि सक्रिय रहदै आउनुभएका समाजसेवी छविलाल पौडेल मार्फत रु १० हजार एक सय नगद सहयोग हस्तान्तरण गर्नुभएको हो।
कोषको आग्रहमा रकम हस्तान्तरण गर्न सोही स्थानमा पुग्नुभएका समाजसेवी पौडेलले घरको कमाउने मान्छेले छोडेर गएपनी राहतले पीडित परिबारलाई केही सान्त्वना दिने बताउनुभयो।
 यसैगरी पीडित परिबार र उपस्थित भएका स्थानीयबासीले सहयोग गर्ने शितगंगा कोष र कोषमा आवद्ध सबैलाई धन्यवाद दिएका छन्। 
पीडित परिबारको सहयोगका लागि घट्ना लगत्तै युएईमा रहेका शितगंगाबासी युवाहरू जुटेका थिए। 
मृत आत्मले शान्ती पाओस् र पीडित परिबारलाई धैर्यधारण गर्ने शक्ति इश्वरले प्रदान गरुन् भन्दै सहयोग रकम पठाइएको शितगंगा कोषको सचिवालयले जनाएको छ। 

अन्य समाचारहरु