हंसपुरमा वार्ड स्तरिय योजना तर्जुमा गोष्ठी सम्पन्न

घनश्याम पौडेल 
हंसपुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  स्तरिय योजना तर्जुमा गोष्ठी अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको वार्ड नं. ८ काे हंसपुरमा सम्पन्न भएको छ । 
प्रथम आवधिक गाउँपालिका विकास योजना २०७७र०७८ देखी २०८०र०८१ वडा स्तरीय योजना तर्जुमा तथा कार्यशाला गोष्ठीमा मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण शर्माले आवधिक योजना बनाएर गाउँपालिकालाई नमुना बनाउँने बताउँनुभएको छ ।
गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्रीले गाउँपालिका पुर्वाधार, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रका विकासमा अगाडी बढेको बताउँनुभयो ।
लुम्बिनी सामाजिक विकास केन्द्रले प्राविधिक सहयोग गरेको कार्यक्रममा सामाजिक आर्थिक विज्ञ तथा सल्लाहकार इन्द्रमणि पौडेल र संस्थाका कार्यकारी निर्देशक कृष्णप्रसाद पौडेलले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रम वडा अध्यक्ष नरेन्द्र कुमार बस्नेतकाे अध्यक्षता र लुम्बिनी सामाजिक विकास केन्द्रका फिल्ड सुपरभाइजर चन्द्रबहादुर पाण्डेकाे सञ्चालनमा सम्पन्न भएकाे हाे ।