शितगंगा नगरपालिकामा सबै काम पारदर्शी: प्रमुख प्रशासकीय अधिकृत

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । जनताको अपेक्षा अनुसार हरेक योजना छिटो छरितो रुपमा सम्पन्न गर्न अर्घाखाँचीको शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतमको अग्रसरता हुने गरेको छ । पालिकाबाट ६ सयभन्दा बढी योजना सञ्चालित छन । उपभोक्ता समिति र टेण्डरद्धारा काम भएका छन । आर्थिक वर्षभित्रै सबै योजना सफलतापूर्वक सम्पन्न गर्न गौतमको दौडधुप निरन्तर भैरहेको छ ।
गाउँमा विभिन्न सीपमुलक तालिम, आयआर्जन लगायतका कार्यक्रम र पूर्वाधार विकासका काम पारदर्शी रुपमा भएको गौतमको दावी छ । पालिकाको नगरंसभाबाट विनियोजित बजेट योजनाको काम पारदर्शी, अभियमितता हुन नदिन र कामलाई ढिलासुस्ती नहोस भनेर योजनाको अनुगमन भैरहेको छ । भौगोलिक विकटताले छिटो छरितो काम गर्ने चुनौतीका बावजुद नगरको योजना सम्पन्न गर्ने र सेवाप्रवाहको कामलाई प्रभावकारी भएको उनले बताए ।
जनताको सेवालाई छिटो छरितो बनाउन सबै कर्मचारीको कुशलतापूर्वक नेतृत्व गौतमले गरेका छन् । कतै एक पैसा अनियमितता नहोस भनेरै योजनाको अनुगमन गरिरहेको गौतमको भनाई छ । नयां संरचना अनुसार स्थानीय सरकारका कामलाई राम्रो बनाएर जनताको मन जितेर अगाडी बढनुको विकल्प नभएको उनले बताए ।
विनियोजित बजेट योजनाबाट गाउंमा मोटरबाटो धमाधम निर्माण, स्तरोन्नती, सिचाई कुलो निर्मँण, खानेपानी योजना, विद्युत विस्तार भवन निर्माण पूर्वाधार निर्मँणका काम पनि द्रुत गतिमा अघि बढेका छन । स्कुलका भवन निर्माण, शैक्षिक गुणस्तरवृद्धि गर्न अंग्रेजी माध्यममा पठनपाठन भैरहेका छन ।
सुशासन र पारदर्शी ढंगबाट काम भएको गौतमको भनाई छ । कृषितर्फ थोरै जग्गामा धेरै उत्पादन बढाउने किसिमले काम भएको छ । कृषकलाई आधुनिक तरिकाबाट खेती गर्न विभिन्न तालिम, प्राविधिक ज्ञानमुलक प्रशिक्षण सञ्चालन गरिएको उनले बताए । हरेक योजनामा पारदर्शी र सुशासन कायम गर्दै काम भएको छ । काम भएका योजनाको अनुगमन गरेर मात्रै भुक्तानी दिने गरेको उनले बताए ।   

अन्य समाचारहरु