मोरङ झापा । लगातारको बर्षाका कारण पूर्वको मोरङ बाढी र डुबानको उच्च जोखिममा परेको छ । मोरङको बिभिन्न १५ स्थानमा सर्तकता अपनाउन नसक्दा यस बर्ष पनि उच्च जोखिमा पर्दै गएका छन् ।
यता झापामा पनि बर्षा थपिदै गर्दा यस पटक पनि बाढी र डुबानको जोखिम बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले बक्राहा खोलाको कारण यस पटकपनि मोरङका बिभिन्न स्थान डुबानमा पर्न सक्ने भन्दै सर्तह हुन आग्रह गरेको छ ।
मोरङको मिक्लाजुङ वार्ड नम्बर ६ ,७ र ९ त्यस्तै गरी उर्लाबारी नगरपालिकाको १ नम्बर र ४ नम्बर पथरी शनीश्चरे नगरपालिकाको ५ नम्बर, सुनवर्षी नगरपालिकाको ३ नम्बर , रतुवामाई नगरपालिकाको १, ५ र ९ नम्बर उच्च जोखिममा रहेका छन् ।
त्यस्तै लोहन्द्रा खोलाका कारण बेलारी नगरपालिका वडा नम्बर १, ग्रामथान गाँउपालिका वडा न. ४, कटहरी गाँउपालिका वडा न. ६ उच्च जोखिममा छन । चिसाङ खोलाबाट लेटाङ नगरपालिका वडा न. २ गछिया खोलाले सुन्दर हरैचा नगरपालिका वडा न. ६ र ९ जोखिममा छन ।
जोखिममा रहेको ती स्थानहरुमा खोलाले धार परीर्वतन गरेमा दर्जनौ बस्ती डुबानमा पर्ने भएकाले सर्तकर्ता अपनाउन भनिएको छ । त्यस्तै विराटनगरका १५ , १६ , १७ नम्वर वडाहरु बाढीको जोखिममा छन ।
जिल्लामा करिब २ लाख घर परिवारहरु बाढी र डुबानको उच्च जोखिममा रहेको बताईएको छ । यता झापामा पनि वर्षायाम शुरु भएसंगै कनकाई, विरिङ् , टाङ्टिङ, रतुवा, मावा लगायतका खोलाले झापामा रौद्र रुप देखाउन थालेका छन् ।
अविरल वर्षा पछि खोलामा पानीको सतह बढेर बस्ती पस्दा झापाका धेरै नागरिकले हरेक वर्ष ज्यान गुमाउँदै आएका छन् भने सयौ परिवार विस्थापित हुने र लाखौंको धनमाल नष्ट हुने गरेको छ । अहिले पनि झापाका ३८ सय घर परिवार बाढीको उच्च जोखिममा छन् ।
झापाका १५ स्थानीय तहमध्ये १४ वटा तह मुख्य नदीनालामा पानीको बहाव बढेसँगै प्रभावित हुने गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी झापाले समेत झापा भएर बग्ने साना ठूला २८ नदीनालामध्ये मुख्य ९ वटा नदी नालाले दमक नगरपालिका बाहेकका पालिकामा प्रभावित पार्ने गरेको जनाएको छ ।
विशेष गरी दक्षिणी क्षेत्रका चारवटा पालिका वाढीबाट वढी प्रभावित हुने गरेका छन् । हरेक वर्ष बाढीबाट प्रभावितहरुलाई विभिन्न क्षेत्रका विद्यालय सामुदायिक भवन, रेडक्रस, मन्दिरलगायतका भवनमा राख्ने गरिन्छ ।
माईखोलाको विभिन्न ठाउँमा तटबन्ध गरे पनि सबैतिर तटबन्ध गर्न नसक्दा झापा गाउँपालिका बाढीको उच्च जोखिममा छ । माई खोलाले धार नै परिवर्तन गर्दै टप्पुमा बाँधेको बाँध भत्काउन थालेपछि अहिले टप्पुवासीले मात्र होइन झापाका ३८ सय परिवार बाढीको उच्च जोखिममा छन् ।
तराई तथा चुरे क्षेत्रबाट बग्ने नदी, खोला तथा खहरेमा बाढी बढ्ने र समतल भूभागमा डुबानको सम्भावना बढी हुने भएकाले विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ । इमेजखबरमा समाचार छ ।