सिमलपानीको बौरीमा बाटोको नाममा जथाभावी स्काभेटर चलाऊदा एक परिवार विस्तापित हुने अवस्थामा

अर्घाखाँचीडट्कम संवाददाता 
सिमलपानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. १४ सिमलपानीमा बाटो निर्माणका नाममा जथाभावी स्काभेटर प्रयोग गर्दा एक परिवार विस्तापित हुने अवस्थामा पुगेको छ । 
सिमलपानीको छेडा बौरी हुँदै तल्लागाउँ जोड्ने बाटो निर्माण गर्ने क्रममा जथाभावी स्काभेटर चलाउदा पहिरो जाने उच्च जोखिमका कारण बौरी निवासी मानबहादुर बिष्टको घरपरिवार विस्तापित हुने अवस्थामा पुगेको हो । 
बौरीका बिष्ट परिवारले डट्कमलाई भने- घरमा नभएको समयलाई सदुपयोग गरि बाटो निर्माण समितिका अध्यक्ष डासुराम बिष्ट सहितका मान्छेले डोजर लगाए। घर नजिकै बाटो  रहको र घर  तिरै बाट डोजर लगाउनु पर्ने आवश्यकता नभई बाटोको अर्को छेउबाट खन्न सक्ने ठाँउ हुँदा हुँदै पनि घुमाउरो पर्ने गरी बाटो खने ।     
आर्थिक बर्ष २०७६/०७७को योजना अनुसार छेडा बौरी हुँदै तल्लागाउँ जोड्ने बाटो निर्माण गरिएको छ । उता डट्कमले वडाअध्यक्ष दामाेदर न्याैपानेसँग कुरा गर्न खोज्दा संपर्कमा आउन सकेनन् । 
सिमलपानीमा बाटो निर्माणका नाममा जथाभावी स्काभेटर प्रयोग गरिदै आएको देखिन्छ । साथै वतावरणीय असर प्रभावको कुनै प्रवाह नगरी पछिल्लो समयमा स्काभेटर प्रयोग गर्नाले सडक तथा गाउँवस्ती जोखिममा परेका छन् ।

अन्य समाचारहरु