केशब घिमिरे
डिहिडाँडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको डिहिडाँडामा पृथ्वी नारायण शाहकी जेठी आमा चन्द्र प्रभा देवी राज्य लक्ष्मी शाहको सालिक निर्माण कार्य हुन लागेको छ।
खाँचीकोटको डिहिडाँडामा पृथ्वी नारायण शाहकी जेठी आमा चन्द्र प्रभा देवी राज्य लक्ष्मी शाहको सालिक निर्माण कार्य हुन लागेको हो ।
स्थानिय सुबि शाहले जानकारी गराए अनुसार पृथ्वी नारायण शाहको मावलीघर डिहिडाँडामा वार्ड नम्बर ७ को १ लाख बजेटबाट सालिक निर्माण गरिएको हो ।
यस्तै पृथ्वी नारायण शाहकी जेठी आमा चन्द्रप्रभा देवी राज्य लक्ष्मी शाहको नामबाट डिहिडाँडामा रहेको स्कुलको नाम चन्द्र प्रभा माबि राखिएको थियो । साथै अहिले क्लबको नाम पनि सोही अनुसार चन्द्र प्रभा युबा क्लब राखिएको छ ।
पृथ्वी नारायण शाहका बुवा नरभूपाल शाहका ४ वटी रानीहरु थिए । जेठी रानी ठकुराईकी राजकुमारी चन्द्रप्रभावती थिईन् । खाँची राज्यकी चन्द्रप्रभावतीका कुनै सन्तान भएका थिएनन् ।
गण्डकी क्षेत्रका २४ राज्यमध्ये गोरखाका राजा नरभूपाल शाहको शासन वि.स. १७७३ देखि १७९९ सम्म चलेको थियो। वि.स १७९४ मा यिनले नुवाकोटमा आक्रमण गरेका थिए। उनलाई सफलता नमिलेकाले आफ्नो शेष जीवन भागवदभक्तिमै विताए। यस्तो अवस्थामा जेठी रानी चन्द्रप्रभावतीले कुशलतासाथ राज्य संचालन गरेकी थिइन्।