मालारानी गाउँपालिकाले राम्रो काम गर्ने वार्डलाई सम्मान गर्ने

नबिन के.सी
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  मालारानी गाउँपालिकाको वार्ड स्तरमा राम्रो काम गर्ने वडालाई सम्मान गर्ने र थप बजेट पुरस्कार स्वरुप दिने पालिका अध्यक्ष बालकृष्ण आचार्यले बताउनु भयो ।  शुक्रबार  मालारानी गाउँपालिका वडा नं ३ ले आयोजना गरेको सम्मान तथा पुरस्का बितरण कार्यक्रममा बोल्दै आचार्यले अब गुणस्तरीय पठन पाठन गर्ने बिद्यालयलाई पनि सम्मान गर्ने कामको सुरुवात गरिएको बताउनु भयो ।‘अब बिद्यार्थीको उपलब्धीको आधारमा पलिका भित्रका बिद्यालयहरुलाई पहिलो , दोस्रो र तेस्रो छनौट गरि नगद रकमले पुरस्कृत गर्ने गरि बजेट व्यबस्थापन गरेका छौ । ’
दिनरात काममा खटने कर्मचारी र महिला स्वास्थ्य संवमसेबिकाहरुलाई पालिका उपाध्यक्ष प्रमिला क्षेत्रीले धन्यबाद ज्ञापन गर्नु भयो । ‘पालिकालाई आजको दिन सम्म ल्याउन सहयोग गर्ने सबै जना धन्यबादनको पात्र हुनुहुन्छ । ’राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने कार्यले उत्कृष्ट कार्य सम्पादन हुने हुदाँ मालरानी गाउँपालिकाले यसता कार्यलाई निरन्तरता दिने प्रमुख प्रशासकिय अधिकृत बिष्णुघर्तीले बताउनु भयो । ‘कार्यसम्पादनको आधारमा पुरस्कृत गर्दा काममा प्रतिस्पर्धा हुन्छ । काम गर्ने कर्मचारीको मनोबल बढ्न जान्छ । यस्ता कार्यलाई पालिकाले निरन्तरता दिने छ । ’
मालारानी गाउँपालिका वडा नं ३ लाई पुरस्कृत हुने अबस्थामा ल्याउन सहयोगर्ने जनप्रतिनिधी र कर्मचारीलाई वडा अध्यक्ष शोभाखर खनालले धन्यबाद ज्ञापन गर्दै सहमती सहकार्य गरेर बिकाश निर्माणका काम गर्ने वातवरण सृजना गर्न पालिका अध्यक्षलाई आग्ह गर्नु भएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य दिपा पोख्रेलले ३ नम्बर वडा कार्यलयले राजश्व संकलनमा उतकृष्ट भए बापत पाएको पुरस्कारले सम्मान र बिकाश निर्माणको काम खनदहबजारमा ढलनिकासको लागी नालि कटिङ्गको माटो व्यबस्थापन गरेको बताउनु भयो ।
मालारानी गाउँपालिका ३ नम्बर वडाका तत्कालिन वडा अध्यक्ष जिबनकुमार चौहानकी जिबन संगीनि बिमला चौहानले वडाकार्यालयले स्वर्गीय चौहानको योग्दान समझीएकोमा धन्यबाद ज्ञापन गर्दै वडाले पालिकाबाट पुरस्कृत हुने अबस्थामा पुगेकोमा खुसी व्यक्त गर्दै आगामि दिनमा पनि सहमती सहकार्यमा काम गर्न सुझाब दिनु भयो ।
मालारानी गाउँपालिा वडा नं ३ ले सबै भन्दा राजश्व बढि उठाउन सहयोग गरेको भन्दै मालारानी गाउँपलिका वडा नं ३ का वडा अध्यक्ष शोभाखर खनाल, कार्यपालिका सदस्य दिपा पोख्रेल , वडा सदस्य शोभाखर खनाल , निर्बतमान वडा अध्यक्ष जिबन कुमार चौहानकि जिबन संगिनी बिमला चौहान , वडा सचिब कमल चौहान , वडा कार्यालयका कर्मचारीहरु सुना पोख्रेल , तारा पुन , भुवन खनाललाई पालिका अध्यक्ष बालकृष्ण आचार्य  ,उपाध्यक्ष प्रमिला क्षेत्री र प्रमुख प्रशासकिय अधिकृत बिष्णु घर्तीले एक कार्यक्रमका बिच सम्मान गर्नु भएको हो  ।
सम्मान कार्यक्रम मालारानी गाउँपालिका ३ नम्बर वडाका वडा अध्यक्ष शोभाखर खनालको अध्यक्ष , खनदह स्वास्थ्य चौकिका प्रमुख माधब खनालको सञ्चालन र कार्यपालिका सदस्य दिपा पा्रेखेलको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु