भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या शनिबार विहानसम्म आठ लाख नाघेकाे छ ।
संक्रमित बढे पनि निकाे हुनेकाे संख्या भारतमा उच्च छ । पाँच लाख १५ हजार तीन सय ८६ जना निकाे भइसकेका छन् । भारतमा निको हुने प्रतिशत ६२.४२ छ ।
हाल उपचाररत संक्रमितकाे संख्या भने दुई लाख ८३ हजार चार सय सात मात्र छ ।
सरकारी अधिकारीहरुले शनिबार विहान दिएको जानकारीअनुसार भारतमा अहिलेसम्म आठ लाख २० हजार नौ सय १६ जना संक्रमित भएका छन् ।
ती मध्ये २७ हजार एक सय १४ जना पछिल्लो २४ घण्टामा संक्रमित भएका हुन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले यो संख्या एकैदिन संक्रमित हुनेमा हालसम्मकै बढि भएको जनाएको छ ।
भारतमा हालसम्म २२ हजार एक सय २३ जनाको मृत्यु भएको छ ।
प्रदेशअनुसार भारतमा सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा छन् ।
महाराष्ट्रमा दुई लाख ३८ हजार चार सय ६१ जना हालसम्म संक्रमित भएका छन् । तमिलनाडुमा एक लाख ३० हजार दुई सय ६१ जना र तेस्रो धेरै संक्रमित दिल्ली प्रदेशमा एक लाख नौ हजार एक सय ४० जना छन् ।
भारत विश्वमा तेस्रो बढि काेराेना संक्रमित हुने मुलुक बनेको छ । अमेरिका र ब्राजिलमा पहिलो र दोस्रो स्थानमा छन् ।
भारतमा विगत २४ घण्टामा दुई लाख ८३ हजार ६ सय ५९ जनाको नमूना परीक्षण भएको छ । अहिलेसम्म एक करोड १० लाख २४ हजार भन्दा बढी व्यक्तिको कोभिड–१९ परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । एजेन्सी