छत्रदेब गाउँपालिकाका क्वारेन्टाइन र आईशाेलेसनहरुकाे सांसद र जिल्ला समन्वय समितिको टिमद्धारा अनुगमन

अर्घाखाँचीडट्कम संवाददाता 
छत्रगन्ज, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिकामा रहेका क्वारेन्टाइन र आईशाेलेसनहरुकाे प्रदेश सांसद तथा जिल्ला समन्वय समितिको टिमले अनुगमन गरेको छ । 
छत्रदेब गाउँपालिकामा रहेका क्वारेन्टाइन र आईशाेलेसनहरुकाे अबस्थाकाे बारेमा बुझ्न प्रदेश सांसद तथा जिल्ला समन्वय समितिको टिमले अनुगमन गरेको हो । 
अनुगमनमा प्रदेश सांसदहरु चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरे , निर्मला क्षेत्री , जिल्ला समन्वय समिति प्रमुख पिताम्वर शर्मा , उपप्रमुख ऋषिबहादुर पुलामी , जिल्ला समन्वय अधिकारी शंकर भुसाल , पत्रकार महासंघका प्रदेस सदस्य प्रेमनारायण आचार्य लगायतको उपस्थिति रहेको थियो । 
क्वारेन्टाईन , आईशाेलेसन र समग्र काेराेनाकाे अबस्थाकाे बारेमा छत्रदेब गाउँपालिकाका अध्यक्ष लेखनाथ पाेख्रेल, उपाध्यक्ष तुलसादेवी श्रेष्ठ , प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल लगायतले जानकारी गराउनु भएको थियोे । 

अन्य समाचारहरु