महा अल्छि (कविता)

पीताम्बर भट्टराई
साथी तिमी साध्याै म के गर्दै छु
मलाइ चाहाना थियाे
नेपाली भाषामा रामायण लेख्ने
अनि आदिकवि बन्ने
इतिहांस हेरेकाेत
आदिकवि भानुभक्त बनी सकेछन्
अर्काे चाहाना
सकुन्तला महाकाब्य लेख्ने
महाकबि बन्ने
ईतिहास हेरेकाेत
लक्ष्मी प्रसाद देबकाेटा
महांकबि बनी सकेछन
लाैजा त्याेपनि भएन
जाग्याे फेरि चाहाना
प्रगति बादि कवि बन्ने
त्याे पनि धेरैले
उछिनि सकेछन
अब रह्याे नेता बन्ने चाहाना
लिपुलेक कालापानि लिम्पिधुरा
नेपालकाे नक्सामा समाबेश गर्ने चाहाना
त्याेपनि खड्ग वलिले गरे रे
जाग्याे फेरि चाहाना
महां नायक बन्ने
त्याेत राजेश हमाल बनी सकेरे
साेच्दै जादा चाहाना भयाे
बैज्ञानिक बन्ने
लाैबा त्याेपनि
महाबिर पुनले उछिनि सकेरे
साथि निकाश कतै नदेख्दा
टाउकाे समाएर बसेकाेछु
तैपनि एउटा चाहाना जागेकाे छ
महां अल्छिबनेर
गिनिज बुकमा नाम दर्ता गराउने