आज साँझ ६ बजे मन्त्री परिषदको बैठक बस्दै

काठमान्डौ/अर्घाखाँची डट कम् – नेपाल सरकारले आज साँझ ६ बजेको लागि मन्त्री परिषदको बैठक बोलाएको । कोभिड १९ का कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई नेपाल ल्याउनेबारे सर्वोच्च अदालतले दिएको आदेशअनुसार निर्देशिका पारित गर्ने र रिक्त विभिन्न संवैधानिक निकायमा रिक्त पदपूर्तिका विषयमा समेत छलफल  गर्ने उदेश्यले मन्त्री परिषदको बैठक बोलाइएको स्रोतले जानकारी दिएको छ ।