अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कोरोना भाइरसको जोखिम घट्दै गएकोभन्दै अर्घाखाँची जिल्लामा विद्यालय खोल्ने तयारी गरेको बेला सन्धिखर्क नगरपालिकाले विद्यालयहरु नखोल्न अनुरोध गरेको छ ।
जिल्लामा विद्यालय खोल्ने तयारी गरेको बेला सन्धिखर्क नगरपालिकाले भने विद्यालय नखोल्न र पठन पाठन नगर्न अनुरोध गरेको हो ।
सन्धिखर्क नगरपालिकाले सोमबार एक विज्ञप्ती जारी गर्दै नगरभित्रका विद्यालयहरु नखोल्न र पठन पाठन नगर्न अनुरोध गरेको छ । यस्तै जिल्लाभरका विद्यालयहरुले आफ्ना शिक्षक परिचालन गरि बिद्यार्थीहरूलाई पायक पर्ने टोल समावेश गरि खुल्ला स्थानमा निश्चित दुरि कायम राख्दै विभिन्न समूह बनाई मास्क र स्यानिटाइजरको प्रयोग गरेर पढाउन शुरु गरेका छन् ।