नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ सय ६७ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १७ हजार ३ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो ।
पछिल्लो २४ घण्टामा २ सय १३ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।
हालसम्म कोरोनाबाट निको हुनेको सं ११ हजार २ सय ४९ पुगेको मन्त्रालयले जनाएको छ । डिस्र्चाज हुनेहरु ६८.८५ प्रतिशत हुन् ।
पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ८१ जनाको मात्र पीसीआर परीक्षण भएको छ ।
हाल २३ हजार ५ सय जना क्वारेन्टिनमा बसेका छन् । त्यस्तै ६ हजार ५६ जना आइसोलेसनमा रहेका छन् ।
५ सय बढी संक्रमित भएका जिल्लाहरुमा महोत्तरी, रौतहट, पाल्पा, कैलाली र बाजुरा गरी ५ जिल्ला रहेका छन् ।
प्रवक्ता गौतमले हवाइ तथा स्थल मार्गबाट स्वदेश फर्कने नेपालीहरुको कम्तीमा एकपटक पिसिआर परिक्षण गराउन स्वास्थ्य मन्त्रालय प्रतिबद्ध रहेकोबताउनुभयो । इमेजखबरमा समाचार छ ।