काठमाण्डौ
नेपाल टेलिकमले आर्थिक ऐन अनुसार आर्थिक बर्ष २०७७-७८ मा रिचार्ज सेवा मा २ प्रतिशत कर लगाउने भएको छ । कम्पनीले आर्थिक ऐन अनुसार आज रातिदेखी बिलिङ सिस्टममा परिमार्जन गरी रिचार्ज सेवामा २ प्रतिशत कर लगाउन थालेको हो । जसको कारण आज राती केहि समयको लागि सेवा प्रभावित हुन सक्ने जानकारी दिन पूर्व सूचना जारी गरेको हो।कम्पनीका अनुसार यसक्रममा राती १२ बजे पश्चात करिब एक घण्टाको अवधिमा टेलिकमको रिचार्ज सेवा, भ्वाइस तथा डेटा प्याक खरिदमा केही समस्या आउन सक्नेछ । यसबाट पर्न जाने असुविधाप्रति कम्पनीले क्षमायाचना समेत गरेको छ । अबदेखी प्रिपेड मोबाइलमा पनि स्वामित्व शूल्क लाग्नेछ ।यस अघि पोस्टपेड मोबाइल तथा ल्याण्डलाइन फोनमा मात्रै लाग्दै आएको स्वामित्व शूल्क लगाउदै आएको थियो । टेलिफोन जडान गर्ने ग्राहकले टेलिफोन स्वामित्व शूल्क वापत पाँच सय रुपैयाँ तिर्नुपर्नेछ ।टेलिफोन स्वामित्व परिवर्तन भएको अवस्थामा टेलिफोनको स्वामित्व प्राप्त व्यक्तिबाट समेत त्यस्तो शूल्क असुल गरिने व्यवस्था नयाँ ऐनमा गरिएको छ ।ग्राहकबाट असुल गरिएको स्वामित्व शूल्क सेवाप्रदायकले प्रत्येक महिनाको २५ गतेभित्र सरकारको राजस्व खातामा दाखिला गर्नुपर्ने व्यवस्था गरिएको छ । यसरी शूल्क दाखिला नगरेमा सेवाप्रदायकबाट वार्षिक १५ प्रतिशत ब्याज जरिवाना गर्नेछ।