प्रेम नारायण आचार्य / अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका भित्रको क्वारेन्टाइन, आइसोलेसन तथा समग्र कोरोनाको अबस्थाको बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेश सांसद, जिल्ला समन्वय समिति, सन्धिखर्क नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।
कार्यक्रममा मन्तब्य राख्दै प्रदेस सांसद चेतनारायण आचार्यले कोरोनाका कारण रोजगराी गुमाएर आएकाहरुलाई लक्षित गरेर कार्यक्रमहरु सञ्चालन गर्ने दिसामा सबै लाग्नु पर्ने बताउनु भयो । उँहाले उत्पादन गरेका बस्तुको बजारीकरण र अन्य प्राविधिक सहयोग जुटाउन सबै सरकारहरु लाग्नु पर्ने बताउनु भयो ।
प्रदेश सांसद रामजी प्रसाद घिमिरले उत्पादन बिना आर्थिक समृद्धि सम्भव नभएकोले कोरोनाबाट सचेतना हुदै कृषि र पशुपालनमा लाग्न आग्रह गर्नु भयो । उहाँले सबैलाई उतपादनमा जोड दिन आग्रह गर्नु भएको छ ।
प्रदेस सांसद निर्मला क्षेत्रीले कोरोनाका कारण बेरोजगारी समस्या बढ्ने भएकाले स्वरोजगारमा लाग्ने वातावरण बनाउन सबै लाग्नु पर्ने बताउनु भयो । कोरोनाबाट डराएर हैन साबधानी अपानाएर जित्न सकिने उहाको भनाइ छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख पिताम्वर शर्मा , सन्धिखर्क नगरपालिकाका नगर प्रम्ख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुरकुमार बिक, जिल्ला समन्वय अधिकारी शंकर भुसाल , वडा अध्यक्ष युवराज बन्जाडे, लिलाराम गौतम, कृष्णप्रसाद श्रेष्ठ, राजेन्द्र भुसाल, कृष्णबहादुर आचार्य, इश्वरी प्रसाद भुसाल, लक्ष्मीनारायण चुँदाली, नारायण खड्का, वडा सदस्य बिष्णु भुसाल , नगरपालिकाका शिक्षा शाखा प्रमुख युगलनारायण बस्याल, स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुली, जिल्ला समनवय समितिका विनोद कुँवर, पत्रकार महासंघका प्रदेस सदस्य प्रेमनारायण आचार्य लगायतले मन्तब्य राख्नु भएको थियो ।
। नगरपालिका भित्रका क्वारेन्टाईन , आईशोलेसन र समग्र कोरोनाको अबस्थाको बारेमा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार बिक, स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुली लगायतले जानकारी गराउनु भएको थियो ।