नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या १७,४४५, मृतकको संख्या ४०, डिस्चार्ज ११,५३४ जना

 नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।
बिहीबार राति सवा १० बजे सप्तरीको राजविराजका ७३ वर्षीय वृद्धको मृत्यु भएसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो ।
मुटुका रोगी उनको स्वास्थ्यमा समस्या देखिएपछि असार ३१ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएको थियो ।
नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १०१ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १७ हजार ४ सय ४५ पुगेको प्रवक्ता गौतमले बताउनुभयो ।
पछिल्लो २४ घण्टामा २ सय ८५ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।
हालसम्म कोरोनाबाट निको हुनेको संख्या ११ हजार ५ सय ३४ पुगेको मन्त्रालयले जनाएको छ । निको हुनेहरु ६६ दशमलव एक दुई प्रतिशत हुन् ।
पछिल्लो २४घण्टामा ४ हजार ६ सय ८८ जनाको मात्र पीसीआर परीक्षण भएको छ ।
हाल २२ हजार ७ सय ५६ जना क्वारेन्टिनमा बसेका छन् । त्यस्तै ५ हजार ८ सय ७१ जना आइसोलेसनमा रहेका छन् । इमेजखबरमा समाचार छ ।