पाणिनी तपोभूमिको दहमा निर्माण हुने सभाहलको शिलान्यास कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
पणेना, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नं १ पणेनामा अवस्थित पाणिनी तपोभूमिको दहमा निर्माण हुने सभाहलको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । 
पणेनामा अवस्थित पाणिनी तपोभूमिको दहमा निर्माण हुने सभाहलको प्रदेश सभा सांसद रामजीप्रसाद घिमिरेले शिलान्यास गर्नु भएको हो ।
पाणिनी तपोभूमिको दहमा निर्माण हुने सभाहलको शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष अच्युत गौतम,उपाध्यक्ष लक्ष्मी गौतम लगायतको उपस्थिती रहेको थियो । 
पाणिनी तपोभूमिको दहमा ३ करोडको लागतमा सभाहल निर्माण हुनेछ । 

अन्य समाचारहरु