सन्धिखर्क नगरपालिकामा अयोग्यता कर्मचारी मात्र

अशोक खनाल
सन्धिखर्क, अर्घाखाँची । स्थानीय तहको निर्वाचन सम्पन्न भईसकेको ३ वर्ष पुरा भई सन्धिखर्क नगरपालिकाले हालै ७ औं नगरसभा सम्पन्न गर्दासम्म नगरपालिकाले विभिन्न शिर्षकमा आ.व. २०७५/०७६ मा ५८ करोड ६९ लाख, आ.व. २०७६/०७७ मा ६६ करोड १९ लाख र यस आ.व.को लागि ८७ करोड ४९ लाखको बजेट बिनियोजन गरेको छ ।
यस नगरपालिका जनप्रतिनिधि भन्दा पनि केही शक्तिशाली कर्मचारीको कारणले विभिन्न समयमा विवादित भई नतिजा प्रस्तुत गर्न नसकेको कुरा जगजाहेर नै छ भन्दा कुनै अत्तियुक्ति नहोला । करिब ४ दर्जन कर्मचारी रहेको यस पालिका भित्र उप-सचिव (१० औ तह) देखि लिएर करार र ज्यालादारी कर्मचारीहरुको संगम बनेको छ । यस नगरपालिकामा कुनै पनि कार्य सम्पादन वा शाखाको विवरण बुझन र बुझाउन समेत प्रमुख प्रशासकीय अधिकृतको अलावा बिन प्रतिष्पर्धा भर्ना गरिएका केही करारका कर्मचारीहरुसँग स्विकृत लिनु पर्ने बाध्यता रहेको त्यहाँ कार्यरत एक अधिकृत स्तरका कर्मचारीले गुनासो गरे । प्रायजसो कार्यालय प्रमुख निवासमा गुप्तवास बसी व्याक्ति विशेषलाई पालैपालो भेट्ने प्रमुख प्रशासकिय अधिकृत आफूलाई अब्बल अधिकृत ठान्दछन । जेष्ठ र जिम्मेवार कर्मचारी भएर पनि कनिष्ट र करारका कर्मचारीहरुसँग कुनै पनि समानको लागि माग र उहाँहरुको आज्ञा शिरोधार्य गर्नु लज्जास्पद भएकोले कार्यालय मै नजाने केही वार्ड सचिवहरुले गुनासो गरे ।
५० औ लाख भन्दा बढी लगानीमा निर्माणधीन सिटी टाबरबाट सन्धिखर्कमा रहेको आफ्नो कार्यालय देखिने टावरबाट नियालेर हेर्दा पालिकाको २०० मिटर भित्र पर्ने टुँडिखेल-तारामार्ग-हस्पिटल जोडिएको बाटोको अबस्था राम्ररी नियाल्न सकेको देखिदैन ।
संघीय सरकार र प्रदेश सरकारबाट निर्मित कानुनहरुलाई समेत लत्याउदै गरेका अधिकृतले कर्मचारी व्यवस्थापनलाई करारमा रहेका १-२ जना बाहेक लामो समयसम्म स्थानीय तहमा काम गरेका अनुभवि कर्मचारीको समेत मानमर्यादा राख्दैनन् । अझ अचम्मको कुरा त के छ भने आफू निजामति कर्मचारी भएर पनि निजामति कर्मचारीहरु भन्दा आफ्ना अनुकुलका कानुनले नचिन्ने दरबन्दी बेगरका बिना प्रतिष्पर्धा चुरोटको खोलमा लेखेर भर्ना गरिएका कर्मचारीलाई आर्थिक तथा प्रशासनिक विभिन्न महत्वपूर्ण जिम्मेवारी दिईनुले उनको गर्विलो निजामति सेवाको समेत खिल्ली उडाएको छ।
कार्यालयलाई आवश्यक पर्ने भन्दा बढी करिब ४० लाख मुल्य बराबरको एउटै पसल र फगत कागजी प्रतिस्पर्धाबाट स्टेशनरी खरिद गरिएका सामाग्रीहरुको समेत विवरण माग गर्दा पाउन सकिदैन । यसबाट पनि अनियमितता र भ्रष्ट्रचार भएको अनुमान गर्न सकिन्छ । केही समय अगाडि कार्यापालिका सदस्यबाटै फेसबुकमा राखेको स्टाटसले नै स्टेशनरी सामग्री यस नगरपालिकामा कसरी खरिद गरिन्छ र कति कमिशन खाईन्छ भन्ने कुरा स्पष्टै भएको थियो ।
कोभिड-१९ र वर्षातको समयमा आवश्यक पर्ने छाता, रेनकोट, जुत्ता, व्याग तथा स्वास्थ सामग्री खरिदमा समेत जनप्रतिनिधीहरुलाई थाहै नदिई खरिद गरिन्छ । यस्तो विषम परिस्थिति कोभिड-१९ को समयमा विभिन्न क्वारेन्टिन तथा आईशोलेशनमा दिनरात नभनि खट्ने आफ्नो स्थानीय तहका स्वास्थ्य सेवाका कर्मचारीहरुलाई समेत कुनै सकरात्मक किसिमले सम्बोधन गरेको पाईदैन । यसै पालिकामा अस्थायी तर स्थायी सरह तलब भत्ता र ग्रेड खाने काजमा खटाईएका अपाङ्ग कर्मचारीलाई ३ महिना काम गर्दा समेत तलब भत्ता उपलब्ध नगराई जागिरबाट अबकाश लिन बाध्य गराईएको छ ।
नगरपालिका भित्रको फोहोर व्यवस्थापन गर्न प्रयोग गरिने डस्बिन खरिद र वितरणमा आफूले खटाएको स्टोर किपरले स्वच्छाले आफ्ना र आफूखुसी गर्दा पनि उनीबाट कुनै गुन्जायस देखिदैन । प्राय जसो रातदिन कार्यालयको कामकाज भन्दै नगरपालिकालाई आफ्नो बृत बनाएर बस्ने केही कर्मचारीले समग्र नगरपालिकाको के नतिजा निकाल्दै होलान ? यो पछिको समयमा देखिने नै छ । ५० औ लाख भन्दा बढी लगानीमा निर्माणधीन सिटी टाबरबाट सन्धिखर्कमा रहेको आफ्नो कार्यालय देखिने टावरबाट नियालेर हेर्दा पालिकाको २०० मिटर भित्र पर्ने टुँडिखेल-तारामार्ग-हस्पिटल जोडिएको बाटोको अबस्था राम्ररी नियाल्न सकेको देखिदैन ।
सार्वजनिक कार्यक्रममा आफ्नो पालिका भित्र कुनै पनि योजनाको स्टिमेट गर्दा नेपालीमा नगर्ने प्राविधिकलाई नगरपालिकाले श्रावण १ गते देखि नै नराख्ने उदघोष गर्ने नगरप्रमुखको सार्वजनिक वक्तव्य आई रहँदा सोही नगरपालिकामा कार्यरत अधिकृत स्तरका कर्मचारीले निजी सामाजिक संजालमा २५ प्रतिशत काम र ७५ प्रतिशत चुहाबटका स्टाटसहरु राख्नु र नगरसभा सदस्यले ४० प्रतिशत बजेट दुरुपयोग भएको भन्दै अख्तियार समेत गुहारेको अबस्था विद्यमान छ ।
विभिन्न कार्यालयमा अनुभव संगालेका कर्मचारीहरुलाई वाईपास गरी एकाध असक्षम कर्मचारीहरुलाई साथ लिएर यस नगरपालिकाले गर्न खोजेको विकास हो कि बिनास हो यो भने समयले नै बताउने छ । 
हाल आएर लोकसेवा आयोगबाट कर्मचारीहरु पूर्ति भएको अबस्थामा पनि विभिन्न सेवा र समूहका कर्मचारीहरुलाई आफुखुसी सेवा र समूह नमिल्ने किसिमको जिम्मेवारी दिई आफू अनुकुलका कर्मचारीहरुलाई कार्यालयको वरिपरी र आफ्नो वरिपरी राख्न रुचाउने प्रमुख प्रशासकीय अधिकृत केही योग्यता, सीप र दक्षता नभएका कर्मचारीहरुको चंगुलमा फसेको स्पष्ट हुन्छ । लक्षित वर्ग तथा प्राविधिक कार्यक्रम संचालन गर्ने कर्मचारीलाई प्रशासनिक कार्यको जिम्मेवारी दिईनु र प्राविधिक तथा अस्थायी कर्मचारीलाई प्रशासनिक जिम्मेवारी दिईनुबाटै यस नगरपालिकामा नाटक मन्चन भै रहेको सजिलै जो कोहिले पनि अनुमान गर्न सकिन्छ । यस नगरपालिकाको बेथितिमा एकाध जनप्रतिनिधीहरु बाहेक अन्य मौन रहनुले पनि उनीहरुले गाडेको जरा कोट्याउन नसक्नु वा उनीहरुकै लोभ र लालचमा फसेको जो कसैले पनि अनुमान गर्न सक्दछ ।
लोक सेवा आयोग तथा विभिन्न निकायको परीक्षा उत्तीर्ण गरी विभिन्न कार्यालयमा अनुभव संगालेका कर्मचारीहरुलाई वाईपास गरी एकाध असक्षम कर्मचारीहरुलाई साथ लिएर यस नगरपालिकाले गर्न खोजेको विकास हो कि बिनास हो यो भने समयले नै बताउने छ र यस विषयमा जनप्रतिनिधीहरुले स्थायी र सक्षम कर्मचारीहरुलाई उचित जिम्मेवारी नदिने हो भने जनप्रतिनिधीहरुलाई पनि अर्को निर्वाचनमा राम्रै पाठ सिकाउने छ ।

अन्य समाचारहरु