अराज बेल्बासे
सुवर्णखाल, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका–१ सुवर्णखालमा वार्ड कार्यालयले सुकृषकलाई हाते ट्याक्टर,कुटानी पिसानी मिल र कृषि टनेल वितरण गरेको छ ।
कृषकलाई ६ वटा हाते ट्याक्टर, ८ वटा कुटानी पिसानी मिल र ५० तरकारी खेतिका लागि टनेल ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । कृषकहरुलाई प्रोत्शाहन गर्न वडाले बिनियोजन गरेको रकम बाट कृषकहरु लाई सामाग्री बितरण गरेको वडा अध्यक्ष बुद्धि कृष्ण पौडेलले बताउनु भयो । गत बर्ष बिनियोजन गरेको ७ लाख बाट उत्त सामाग्री बितरण भएको हो ।
कोरोनाको कारण रकम फिर्ता हुन लागेको अबस्थामा वडा सदस्य प्रेम रेस्मिी तथा केही युवाको बिषेस पहल बाट रकम फिर्ता गरि किसानहरुलाई उत्त सामाग्री बितरण गर्न सकिएको वडा नम्बर १का स्थानिय समाजसेवी ऋषि घिमिरेले बताउनु भयो ।
कार्यक्रमको रकम वडा सचिवको खातामा पेश्की गइ सकेको अबस्थामा समेत वडा सचिवले रकम नगरमा फिर्ता गरे पछि समस्या भए पनि पुन कार्यक्रम सञ्चालन गर्ने भने पछि जनप्रतिनिधीहरुको सक्रियतामा सामाग्री बितरण भए असार मशान्तको मुखमा पुगेर वडा सचिवले पैसा फिर्ता गर्दा फ्रिज हुन लागेको रकमबाट कृषकहरुलाई सामाग्री बाड्न सफल भएको वडा सदस्य प्रेम रेस्मिले बताउनु भयो ।
हाते टेक्टर ७ हर्जपावरको बितरण गरिएको छ ६३५०० मुल्यको ट्याक्टर ५० प्रतिशत, ५००००को कुटानी मेसिन ५० प्रतिशत छुटमा बितरण गरिएको छ ।
उत्त कृषि सामाग्री सामुहिक रुपमा प्रयो गर्ने उदेश्यले बिभिन्न गाँउमा बितरण गरिएको छ । आगामी बर्षहरुमा समेत यस्ता कार्यक्रमहरुलाई प्राथमिकता दिने वडा अध्यक्ष बुद्धि कृष्ण पौडेलले बताउनु भयो । किसानहरुको लागि तरकारीको बिउपल समेत यो बर्ष बितरण हुन लागेको बिभिन्न तरकारीहरुको बिउपल आइसकेकोर केही दिनमै बितरण गर्ने पौडेलले बताउनु भयो ।