अर्घाखाँचीडट्कम संवाददाता
सिद्धारा, शितगंगा । अर्घाखाँची शितगंगा नगरपालिका वार्ड नं. ९ सिद्धारामा वैज्ञानिक वन व्यवस्थापन सम्बन्धि अन्तरकृया तथा सार्वजनिक सुनुवाई एक औपचारीक कार्यक्रमका विच सम्पन्न भएको छ ।
बराहदह सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष गोर बहादुर लुईचेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि शितगंगा ९ का अध्यक्ष भिम केसी रहनु भएको थियो भने विशिष्ट अतिथि शितगंगा सव डिभिजन वन कार्यालयका प्रमुख यादव सापकोटा रहनु भएको थियो । यस्तै अतिथिमा नुनेपानी सामुदायिक वनका अध्यक्ष पदम केसी लगायतका रहनु भएको थियो ।
लक्ष्मी सामुदायिक वन उपभोक्ता समुह सिस्ने, माईकोट सामुदायिक वन उपभोक्ता समुह पाँकुरी र बराहदह सामुदायिक वन उपभोक्ता समुह लामिदमारको वैज्ञानिक वन व्यवस्थापन सम्बन्धि कार्ययोजना तयारीको सार्वजनिक सुनुवाई प्रस्तुत गरिएको थियो।