पाणिनीको पणेनामा बिजुलीको नाङ्गो पोल व्यवस्थापन नहुँदा दुर्घट्नाको उच्च जोखिम

अर्घाखाँचीडट्कम संवाददाता 
पणेना, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर १ पणेना उपल्लाखर्कमा बिजुलीका नाङ्गो तार व्यवस्थापन नहुँदा दुर्घटनाको जोखिम बढेको छ । 
पणेना उपल्लाखर्कको मोटर बाटोमा बिजुलीको पोल, नाङ्गो तार र फ्युज व्यवस्थापन नहुँदा दुर्घटनाको जोखिम बढेको हो ।
पणेना उपल्लाखर्कको मोटर बाटोमा रहेको उक्त बिजुलीको पोल र फ्युज कटआउटहरू बिगत १ बर्षदेखि नाङ्गो जमिनमै सट्न लागेको अवस्थामा रहेका छन् । 
साथै यहाँ नाङ्गो जमिनमै सट्न लागेको बिजुलीको पोल स्कूलबाट करिब १५०मिटर दुरीमा छ । नेपाल विद्युत प्राधिकरणले बिजुलीको नाङ्गो पोल  समयमै व्यवस्थापन नगर्दा घटना भएको स्थानीयले आरोप लगाएका छन् ।
उता नेपाल विधुत प्राधिकरण अर्घाखाँचीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन् ।  

अन्य समाचारहरु