देशभर वर्षा, बाढी, पहिरो र डुबानको खतरा, सतर्क हुन अनुरोध

देशभर रातिदेखि नै वर्षा भइरहेको छ । केही ठाउँमा भीषण वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मुख्यगरी प्रदेश नम्बर २, बागमती, गण्डकी, प्रदेश नम्बर ५ का धेरै ठाउँमा वर्षा भएको छ । भीषण वर्षा हुने स्थानमा बाढी पहिरो आउनसक्ने भन्दै सतर्क हुन समेत महाशाखाले अनुरोध छ ।
वर्षाका कारण प्रदेश २ का बारा, पर्सा र रौतहटका धेरै ठाउँमा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
नवलपरासीका अरूणखोला, गिरूवारी खोला र नवलपरासीका साना नदी तटीय क्षेत्रमा एक्कासी बाढी आउन सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।
त्यस्तै डडेलधुरा रंघुनको महाकाली दोभानसम्म बाढीको सम्भावना छ । काठमाडौं उपत्यकाका धेरै ठाउँमा मध्यम वर्षा भइरहेको छ । इमेजखबरमा समाचार छ ।