काठमाडौं, साउन ५ । काठमाडौं उपत्यकामा सोमबारबाट सार्वजनिक यातायात चल्न थालेका छन् ।
सवारी चाप बढेसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी–साधनहरुमा सामाजिक दुरी कार्यान्वयन गराउन निगरानी पनि बढाएको जनाएको छ ।
महाशाखाले ४५ ओटै ट्राफिक युनिटबाट ट्राफिक प्रहरी खटाउँदै अनुगमन बढाएको जनाएको हो ।
असार १ गतेबाट जोर–बिजोर प्रणाली सञ्चालनमा आएपछि नियम उल्लंघन गर्ने ६५ हजार २०० बढी निजी सवारी–साधनलाई कारबाही गरेको महाशाखा प्रमुख भीमप्रसाद ढकालले बताउनुभयो ।
उहाँले नियम उल्लंघन गर्नेहरुको सवारी–साधनलाई तीन दिनसम्म ‘होल्ड’ गराइ कारबाही गरेको बताउनुभयो ।
महाशाखाकाअनुसार ‘लकडाउन’ अवधिमा एक लाख ३१ हजार ५०० बढी सवारी–साधन कारबाहीमा परेका छन् ।
लकडाउन खुकुलो भएसँगै उपत्यकामा दैनिक ३५ सय बढी सवारी–साधन भित्रिने गरेको पनि महाशाखाले जनाएको छ ।
सार्वजनिक सवारीमा भने जोर–बिजोर प्रणाली लागू नभएको पनि महाशाखाले प्रष्ट पारेको छ । इमेजखबरमा समाचार छ ।