बुद्ध एयरले हवाइ टिकट बुकिङ खुलाएको छ।
सरकारले भदौ १ देखि व्यावसायिक उडान सुरु गर्ने निर्णय गरेपछि बुद्ध एयरले पनि सोही मितिदेखि बुकिङ खुलाएको हो।
सरकारले यो बीचमा प्रोटोकल बनाउने बताएको छ।
चैत ११ गतेदेखि बन्द भएको आन्तरिक व्यावसायिक उडान करिब पाँच महिनापछि खुल्ने भएको छ।
उडान खोल्नका लागि एयरलाइन्स,विमानस्थलले पनि तयारी गरिरहेका छन्।
उडानका लागि आफूहरु अहिले पनि प्रोटोकल बनाएर सबै तयारी गरेर बसिरेकाले सरकारले भनेकै दिनबाट शुरु गर्न तयार रहेको बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले जानकारी दिए।
यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि नयाँ अवस्थामा उडान सञ्चालनका लागि नियमन बनाइसकेको छ। सेतोपाटीमा समाचार छ ।