साउन १५ गतेदेखि होटल तथा रेष्टुराँ खुल्ने

सरकारले साउन १५ गतेदेखि होटल तथा रेष्टुराँ सञ्चालन गर्न दिने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले कोभिड–१९ सम्बन्धी सुरक्षाका मापदण्ड अपनाई होटल तथा रेष्टुराँले सेवा दिन सक्ने जानकारी दिए।
होटल तथा रेष्टुराँमा सभा सम्मेलन भने गर्न पाइने छैन।
त्यस्तै, ट्राभल, ट्रेकिङ एजेन्सी पनि साउन १५ देखि नै सञ्चालन गर्न पाइने भएको छ।
भदौ १ देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने भएको छ।
खेलकुदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेलकुद पनि भदौदेखि सञ्चालन गर्न पाइने भएको छ।
के/के पाइँदैन ?
ठूला सभा, सम्मेलन, गोष्ठी, सेमिनार गर्न भने बन्देज लगाइएको छ। सेतोपाटीमा समाचार छ ।