मालारानी गाउँपालिकाका अध्यक्षद्वारा कर्मचारीलाई मुस्कान सहित जनमैत्री सेवामा समर्पित हुन आग्रह

महेश भुसाल 
मालारानी, अर्घाखाँची । मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले सम्पुर्ण कर्मचारीहरुलाई कानुनको अधिनमा रहि मुस्कान सहित जनमैत्री सेवामा समर्पित हुन आग्रह गर्नुभएको छ । गत आ.ब. को समाप्ती र नयाँ आ.ब. को सुरुवातको अवसरमा शाखा प्रमुखहरुको नियमित मासिक बठकमा बोल्दै आचार्यले सेवाग्राहीलाई सेवा प्रवाह गर्दा रिस आवेगलाई त्यागेर हरेक समस्याको समाधार गरि कहिलै हार नखाई मुस्कान सहित सेवा दिने कर्मचारी नै महान हुने तर्क राख्दै झर्को नमानी मिठो स्वरमा सेवाग्राहीलाई सेवा दिनुपर्ने कुरामा जोड दिनुभयो ।
त्यसैगरि गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्रीले हामीले आजलाई मात्र नहेरि भोलीलाई सम्झेर काम गर्नुपर्ने, कहिलै नथाकी, कहिलै हरेश नखाई आफ्नो क्षेत्रमा आफ्नो कार्यमा लागिरहे मात्र सफल भइने, साथै आफुहरुको बरु दुई चार बर्षको मात्र कार्यकाल रहेको तर कर्मचारी लामो समयसम्म उही क्षेत्रमा रहि काम गर्नुपर्ने भएकोले यो क्षेत्रलाई अवसरको रुपमा लिइ काम गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले कर्मचारीले काम गर्दा आत्मबल बलियो र एक आपसमा अन्तर्सम्बन्धीत भएर काम गर्नुपर्ने कुरामा जोड दिदै जोश र जागरका साथ आफ्नो काममा लाग्न कर्मचारीलाई अनुरोध गर्नुभयो ।
बैठकमा मालारानी गाउँपालिकाका सम्पूर्ण शाखा प्रमुखहरु कार्यक्रम अधिकृत नेत्र प्रसाद खनाल, लेखा अधिकृत खुविराम पन्थी, शिक्षा अधिकृत रमेश पन्थी, अधिकृत छैठौ पशुपती चुँदाली, स्वास्थ्य शाखा प्रमुख भविश्वर खनाल, इन्जिनियर नविन डुम्रे, सुचना प्रविधि अधिकृत सुजन ज्ञवाली, रोजगार संयोजक महेश भुसाल, आ.ले.प. सहायक तेजलाल पन्थी, पशु प्राविधिक लक्ष्मण वि.क., कृषि प्राविधिक पुजा वि.क., वास सहजकर्ता हरि पौडेल लगायतको उपस्थिति रहेको थियो ।