जलुकेको लामातालमा वृक्षारोपण कार्यक्रम सम्बन्धी सार्वजनिक सुनुवाई सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
लामाताल, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ७ जलुकेको लामाताल सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा हिजो सोमबार वृक्षारोपण कार्यक्रमको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
उपभोक्ता समूहको सचिव सुनिता राउतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको प्रमुख अतिथी शितगंगा सव-डिभिजन वन कार्यालयका प्रमुख यादव सापकोटाले रहनु भएको थियो ।
वृक्षारोपण तथा तारबारको कार्य १९ लाख ८० हजार ५ सय ६१ रुपैंया लागतमा सम्पन्न भएको थियो । सामुदायिक वन समूहले वृक्षारोपणको खर्च विवरण प्रोजेक्टर मार्फत सार्वजनिक गरेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै शितगंगा सब डिभिजन वन कार्यालयका प्रमुख यादव सापकोटाले वृक्षारोपणले सामाजिक, आर्थिक र वातावरणीय सन्तुलनका लागि फाइदाहरु पुर्‍याउने बताउनु भएको छ । अहिलेको बदलिंदो परिवेशमा वृक्षारोपण प्राकृतिक सौन्दर्यका लागि मात्र नभई जीविको पार्जन सुधारका लागि पनि वृक्षारोपण महत्वपूर्ण रहेको उहाँले बताउनु भयो ।
कार्यकमको प्रस्तुतीकरणको सहजिकरण समेत गर्नु भएका सापकोटले विश्वले अहिले झेलिरहेको जलवायु परिवर्तनको समस्या न्युनिकरण तथा अनुकुलनमा यस वृक्षारोपणले सहयोग पुर्‍याउने बताउनु भयो । कार्यक्रममा थप बोल्दै भन्नु भयो, “हामीले गरेको वृक्षारोपणको कार्यले हाम्रो वातावरणलाई सफा स्वच्छ राख्नुका साथै भावी पिंढीका लागी सम्पत्ती सञ्चित हुन्छ।” सामाजिक, आर्थिक र वातावरणीय फाइदाहरुका लागि आआफ्नो समुदायमा वृक्षारोपण गर्न सबैलाई आग्रह गर्नुभयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नेकपाका स्थानिय नेता देविराम घिमिरे, राातो संचार प्रालिका संचालक गणेश बेल्बासे संगम लगाएतले बोल्नु भएको थियो ।
कार्यक्रममा परेष्टर मिलन चन्द्र खनाल, वन रक्षक गुण बहादुर घर्ती, सप्तरंगी टेलिभिजनका पत्रकार सन्तोष कुमार गुप्ता लगाएतको उपस्थिती रहेको थियो ।
लामाताल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जग बहादुर आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन लामाताल सामुदायिक वन उपभोक्ता उप समूहका सचिव सोम बहादुर राउतले गर्नु भएको थियो ।

अन्य समाचारहरु