अर्जुन भुसाल
सिद्धारा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका लामिदमार सामुदायिक स्वास्थ्य ईकाई शितगंगा वार्ड नम्बर ९ सिद्धारालाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।
प्रदेश सरकारको बजेटबाट खरिद गरिएको एम्वुलेन्सको साँचोलाई अर्घाखाँची क्षेत्र नं. २ का सांसद रामजी प्रसाद घिमिरेले वडा अध्यक्ष भिम के.सी.लाई एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभयो।
सांसद घिमिरेले एम्बुलेन्स नहुँदा वडा नं. ९ का नागरिकले सास्ती खेप्दै आएकाले प्रदेश सरकारबाट वजेट विनियोजन गरि एम्बुलेन्स खरिद गरिएको बताउनुभयो।
कार्यक्रममा जिल्ला अस्पतालका प्रमुख डा. कपिल गौतम, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुष्पा थापा, जनस्वास्थ्य निरिक्षक गणेश पौडेल, स्वास्थ्य चाैकी ईन्चार्ज विना भट्टराई पत्रकार अर्जुन भुसाल लगायतको सहभागिता रहेको थियो।
प्रदेश सांसद घिमिरेले जिल्ला अस्पतालको समेत निरिक्षण गर्नुभएको छ । घिमिरेले अस्पतालको सुधार विस्तारमा अस्पताल प्रमुख गौतमले देखाएको तत्परताको प्रति प्रशंसा गर्नुभयो ।
उहाँले अस्पताललाई ५० शैयाको(५०बेड ) बनाउनका लागि आवश्यक पक्रियाको थालनी गरिएकोले अब छिट्टै जिल्लाबासीले स्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवा लिन सक्ने बताउनुभयो।