अर्घाखाँचीमा एक युवा घरको बतासीमा झुन्डिएको अवस्थामा मृत फेला

अर्घाखाँचीडट्कम संवाददाता 
सितापुर, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लको शितगंगा नगरपालिका वार्ड नम्बर २ सितापुरको निपालेका एक युवा आफ्नै घर कोठाको बतासीको बलोमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । 
सितापुरको निपालेका जिबलाल भट्टराईका ३९ वर्षिय छोरा माधव भट्टराई आज बुधवार बिहान ८.४५ बजे आफ्नै घर कोठाको बतासीको बलोमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
भट्टराई कोही नभएको बेला बतासीको बलोमा झुन्डिएका थिए । प्रहरीले आत्महत्या गरेको बताएको छ । 
साथै घटनाको ठाडा प्रहरी चौकीले अनुसन्धान भईरहेको बताएको छ । 

अन्य समाचारहरु