किमडाँडाको पकलेमा बिजुलीको खुला ट्रान्सफर्मर,पोल तार व्यवस्थापन नहुँदा दुर्घट्नाको जोखिम

अर्घाखाँचीडट्कम संवाददाता 
किमडाँडा, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ किमडाँडाको पकलेमा बिजुलीको खुला ट्रान्सफर्मर र खम्बा नाङ्गो तार व्यवस्थापन नहुँदा दुर्घटनाको जोखिम बढेको छ । 
किमडाँडाको मोटर बाटो माथि रहेको बिजुलीको ट्रान्सफर्मर, पोल, नाङ्गो तार र फ्युज व्यवस्थापन नहुँदा दुर्घटनाको जोखिम बढेको हो ।
किमडाँडाको मोटर बाटो माथि रहेको उक्त बिजुलीको ट्रान्सफर्मर, पोल र फ्युज कटआउटहरू बिगत लामो समयदेखि नाङ्गो खुला अवस्थामा रहेका छन् । 
साथै यहाँ बिजुलीको ट्रान्सफर्मर, नाङ्गो जमिनमै सट्न लागेको बिजुलीको पोल बस्ती नजिक छ । नेपाल विद्युत प्राधिकरणले बिजुलीको खुला ट्रान्सफर्मर, नाङ्गो पोल  समयमै व्यवस्थापन नगर्दा घटना भएको स्थानीयले आरोप लगाएका छन् ।
उता नेपाल विधुत प्राधिकरण अर्घाखाँचीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन् । 

अन्य समाचारहरु