अर्घाखाँचीमा खोलामा हाम फाली बेपत्ता भएका एक जनाको शब फेला

अर्घाखाँचीडट्कम संवाददाता 
सिमलपानी, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लको शितगंगा नगरपालिका वार्ड नम्बर १४ सिमलपानीको मन्देबास स्थित बाण खोलामा हाम फाली बेपत्ता भएका एक जनाको शब फेला परेको छ  । 
नुहाउन गएका दर्जीलाई खोलाले बगाएर धेरै तल पुराएको र कपिलवस्तु बाणगंगा ८ मधुवन नजिकै खोलाको किनारमा प्रहरी र स्थानियले शब बिहिबार बिहान फेला पारेको ईप्रका ठाडाका प्रनानि सालीकराम खनालले बताए । 
सिमलपानीको मन्देबासका ५८ वर्षका कर्ण बहादुर दर्जी बाण खोलामा हाम फाली बेपत्ता भएका थिए ।
दर्जी बुधवार बिहान ७ बजे नुहाउन जान्छु भनेर घरबाट गई बाण खोलामा हाम फालेका प्रहरीले बताएको थियो । बुधबार खोलाले दर्जीलाई बगाएपछि अर्घाखाँचीको सिमलपानी प्रहरी चौकीका प्रहरी जवान र स्थानियले खोजिकार्यलाई तिव्र पारेका थिए । तर दर्जिलाई खोलाले बगाएर धेरै टाढा लगेपछि ईप्रका पिपराको प्रहरी टोलीले मधुवन नजिकै खोलाको किनारमा सब फेला पारेको हो । सबलाई अहिले पोष्टमाट्मका लागि जिल्ला अस्पताल तौलिहवा पठाईएको ईप्रका पिपराका प्रहरी निरिक्षक आयुस कुमार जोसीले जानकारी दिए । 
प्रहरीले घटनाको अनुसन्धान भईरहेको बताएको छ । 

अन्य समाचारहरु