सुर्य भुसाल
ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ३ ठाडाको साउटोला निबासी मधु पौडेलको घरमा पुगेर नेपाली सेनाले पहिरोले बगाउन थालेका भाढा कुडा लत्ताकपडा निकालेर उद्दार गरेको छ ।
रामबाण गुल्म म्यालपोखरि ब्यारेको मातहतमा ठाडामा रहेको नेपाली सेनाका क्याप्टेन ईश्वर काफ्लेकोको कमान्डमा खटिएको नेपाली सेनाको टोलीले उद्दार गरेको रामबाण गुल्मका गुल्म पति सुमन थापाले जानकारी दिनु भयो ।
नेपाली सेनाले आपत बितमा परेकाहरुलाई सहयोग गर्दै आईरहेको छ । रामबाण गुल्मले अर्घाखाँची मा निकै रचनात्मक काम गर्दै आईरहेको छ ।
नेपालि सेनाले बिरामीको उपचारमा सहयोग पुगोस भन्ने उदेश्यले गुल्म मातहतमा रहेको हेलिप्याड प्रयोग गर्न दिई सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ निबासी चित्रकला खनाललाई उपचारका लागि काठमाडौ लैजान नेपाली सेनाले आफ्नो हेलिप्याड प्रयोग गरि आबश्यक सहयोग गरेको सेनाका प्रमुख सुमन थापाले बताउनु भयो ।